एकमात्र ‘छुकछुके’ रेल सेवा बन्द

trainजनकपुर, २० असार । जनकपुर–जयनगर रेलसेवा झण्डै एकसाता देखि बन्द हुँदा सयौं यात्रुले सास्ती बेहोर्नु परेको छ ।
इञ्जिन विग्रिएर मुलुकको एकमात्र रेल सेवा बन्द भएको हो । सरोकारवालाले विग्रिएको इञ्जिन छिटो बनाउने तर्फ उदाशिनता देखाएको स्थानीय यात्रुको आरोप छ ।
रेल मार्ग ५१ किलोमिटर भए पनि पुरा दुरी पुरा गर्न नसकेको झण्डै दश बर्ष हुन लागेको छ । हाल भारतीय सीमावर्ती जयनगरदेखि जनकपुरसम्म २९ किलो मिटरमा मात्रै रेल सेवा सञ्चालन हुँदै आएको छ ।
असार–१३ गते जयनगरबाट जनकपुरतर्फ आउँदै गर्दा रेल दुर्घटनामा परेको थियो । दुर्घटना पछि रेलका दुईवटै इञ्जिन बिग्रिएको जनकपुर स्टेसनले जनाएको छ ।
रेल सेवा विक्रम संवत् १९९४ मंसिर–१६ गतेदेखि सञ्चालनमा आएको हो ।
चरम राजनीतिक समस्या र दवाव झेल्दै आएको रेल सेवालाई पूर्व पश्चिम सञ्चालनमा ल्याउन सरकारको तयारी छ । सरकारले मुलुक भरि रेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने भनेर बजेट समेत छुट्टाएको छ ।

प्रतिक्रिया