ट्याक्टर दुर्घटनामा तीनजना घाइते

रोल्पा, २० असार । रोल्पाको जौलीपोखरी–७, उमा भन्ने स्थानमा मालबाहक ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
दाङको घोराहीदेखि रोल्पाको जौलीपोखरीका लागि छुटेको रा १ त १२३४ नम्बरको मालबाहक ट्याक्टर बुधबार साँझ अनियन्त्रित भई सडकदेखि ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा झेनाम–२, रोल्पा निवासी २० वर्षीय ट्याक्टर चालक दुर्गा पुन, जौलीपोखरी–७, उमा निवासी ३४ वर्षीय रामशरण राना र दुबिडाँडा–१ निवासी १५ वर्षीय यमराज नेपाली घाइते भएका छन् । घाइतेमध्ये रामशरण रानाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया