आठ महिनापछि मृतकका परिवारलाई राहत

रोल्पा, १८ असार । रोल्पाको राँक गाविसको रातामाटास्थित नेपाल टेलिकमको रिपिटर टावरमा मृत्यू भएका मृतकका आफन्तले राहत पाएका छन् । उनीहरुले ८ महिना पछि राहत पाएका हुन् ।
रोल्पाको सदरमुकाम लिवाङमा आज (मंगलबार) आयोजित कार्यक्रम टेलिकम मध्यपश्चिम क्षेत्रीय निर्देशनालयका प्रशासकीय अधिकृत इन्द्रबहादुर बस्नेतले दुई/दुई लाख रुपियाँ रहत दिएका हुन् ।
मृतकका परिवारलाई यसअघि क्रिया खर्च बापत २५/२५ हजार रुपियाँ दिइए सकिएको थियो ।
गत कातिक–१३ गते रिपिटर टावरको कोठाभित्र सुतिरहेको अवस्थामा जेनेरेटरको ग्यासले निसास्सिएर राँक–७, गर्पा निवासी १८ वर्षीय मानसिंह वली र १५ वर्षीय देवराज वलीको मृत्यू भएको थियो । दुवैका परिवारले दुई/दुई लाख पाएका हुन् ।

प्रतिक्रिया