देउखुरीका बाढी पीडित सिंहदरवारसम्म

काठमाडौं, १८ असार । दाङको देउखुरीलाई डुवान मुक्त बनाउन सरकारी कार्यालयबाट ८४ करोड वढीको गुरुयोजना निर्माण भएपछि कार्यान्वयनका लागि दवाव दिन एउटा टोली सिहंदरवार केन्द्रित अभियानमा सकृय छ ।
राप्ती नदी र आसपासका खहरे खोलाका काण देउखुरीका १० गाविसका दर्जन वढि गाउँ उच्च जोखिमा छन् । टोलीमा मुख्य गरी वाढि, डुवान प्रभावित र केही अगुवा सहभागी छन् ।
टोलीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, सिचाई मन्त्री उमाकान्त झा, मुख्य सचिव लीलामणि पौडेललगायत अन्य मन्त्रालयका सचिव एवम् सह–सचिवहरुलाई भेटेर माग कार्यान्वयनमा दवाव दिएको छ ।
‘यो हाम्रो दोस्रो सिहंदरवार केन्द्रित डेलीगेसन हो,’ टोली संयोजक एवम् दोलई खोला तटवन्ध निर्माण सहयोग समितिका अध्यक्ष गंगाराम भट्टराईले भने, ‘८४ करोढ वढिको योजना लिएर मन्त्रालयमा धाईरहेका छौं ।’
यसैवीच, सिसहनियाँ स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र लमहीको स्तरवृद्धिका माग राख्दै काठमाडौं आएको डेलिगेसन टोलीले स्वास्थ्य तथा जनसख्या मन्त्री विद्याधर मल्लिकलाई पनि भेटेर माग कार्यान्वयनमा दवाव दिएको छ ।

प्रतिक्रिया