सेक्स गर्दा फरक पर्दैन् : सुस्मिता

उदयपुरको त्रियुगा नगरपालिका–१, बाँसवारीकी सुस्मिता वायुङ राई मोडलिङकी पारखी हुन् । एसएलसी सकाएर घर परिवारको सपोर्ट पाएपछि मोडलिङसंगै अभिनयमा छिरेकी सुस्मिता यतिवेला अभिनय सिक्दैछिन् ।
धेरै पटक म्युजिक भिडियोमा अभिनय गर्न अफर आएपनि आफू दक्ष नभई अभिनय गर्दिन भन्छिन् उनी । विभिन्न औपचारीक कार्यक्रममा नाच्नकै लागि पोखरा, वुटवल, भैरहवा, ईलाम, विराटनगर, इटहरीसम्म पुगेकी सुस्मिता उदयपुरमा निर्माण हुन लागेको किराँत भाषाको चलचित्रमा अभिनय गर्ने तयारीमा छिन् ।
Susmita-Raiसुस्मितासँग सचिन भट्टराईले गरेको कुराकानी :

मोडलिङमै आउनु रहर कि वाध्यता ?
–विल्कुल रहर हो । जुन दिन आत्मविश्वास घट्छ एउटा हेण्डसम खोजेर घरजम गर्छु ।

मोडलिङनै रोज्नुको कारण के हो ?
–मान्छेको आ–आफ्नै लक्ष्य र उदेश्य हुन्छ । जुन क्षेत्रमा आफूलाई केही गर्न सक्छु भन्ने लाग्छ त्यही पेशा अपनाएको हुँ । कोही साईन्स, कमर्स, पढ्छन् त कोही नर्सिङ तिर लाग्छन् । मैल यही क्षेत्रका आफू केही गर्छु जस्तो लागेकाले कला क्षेत्र अपनाए ।

मोडलिङ क्षेत्रमा टिक्न नसक्ने अवस्था आए के गर्ने ?
–तपाई कस्तो कुरा गर्नुहुन्छ ? जुनसुकै काममा हात हालीसकेपछि लगनशील भएर निरन्तरता दिएपछि किन टिक्न सकिँदैन ? ‘उदेश्य लिनु उडिछुन चन्द एक ।’

केटाहरु कत्तिको पछि लाग्छन् ?
–राम्री केटी देख्ने वित्तिकै केटाहरु अन्धो हुन्छन् । तर म वास्ता गर्दिन । धेरै नजिक हुन खोजेभने जिन्दगीमा मैले धेरैकाम गर्नुपर्ने भएकाले सम्झाएर पठाउँछु ।

अनि झयाँई कहिले पार्ने नि ?
–जब सम्म म सफल मोडल र स्थापित कलाकार बन्दिन तब सम्म मेरो जीवनमा कोही पनि केटाहरु नो ईन्ट्री ।

सेक्स मीठो कि चुम्वन ?
–यस्ता कुरा दुई चार वर्ष अगाडि विहे गर्नेलाई सोध्नुस ।

तपाईको सेक्सी लाग्ने अंग कुन हो ?
–मेरो ओठ सेक्सी छ ।

सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ?
–सेक्स नौलो कुरा होइन, प्राकृतिक उपहार हो । समाजमा सेक्सलाई ठूलो रुपमा लिईन्छ । मन मिल्यो भने जो सुकैसँग पनि सेक्स गर्दा फरक पर्दैन् ।

कसैले दश लाख दिएर रात विताउने प्रस्ताव गरे भने ?
–तेरो घरमा दिदी–वहिनी छैन, भनेर सम्झाएर पठाई दिन्थे किन की संसारमा ठूलो कुरा पैसा होईन ।
Susmita-Rai-1

एक दिनको लागि रुप परिवर्तन गर्नुपरे ?
–डाँफे बन्थे किन की राष्ट्रिय पन्छी बन्न पाउँथे नी ।

विवाह पछि श्रीमानले सेक्स गर्न मानेन भने ?
–नगर्ने कारण पत्ता लगाउँछु । हस्पिटल लैजान्छु त्यसपछि पनि भएन भने डिभोर्स दिएर अर्को खोज्छु ।

राजेश हमाल आएर फिल्म खेल्न अफर गरे के गर्ने ?
–असम्भव । किन की अब एकबर्ष पर्खनुस् म अभिनय सिक्दैछु । नजानी/नजानी अभिनय गर्नु भन्दा पूर्णरुपमा जानेरै गर्नु वेस भन्थे अनि अटोग्राफ मागेर उहाँलाई विदा गर्थे ।

प्रतिक्रिया