‘ग्याम्लर’सहित बिनाको आगमन

Bina-Budathokiकाठमाडौं । लामो समय पछि अभिनेत्री बिना बुढाथोकी फेरि अभिनयमा देखिने भएकी छन् ।
रमेश बुढाथोकीद्वारा निर्मित पछिल्लो चलचित्र ‘ग्याम्लर’बाट उनी पुन: पर्दा आउन लागेकी हुन् । चलचित्र आगामी भादौ–७ गतेबाट देशभरि रिलिजमा आउनेछ ।
चलचित्रमा नायक सुमन सिंहले रातदिन क्यासिनो गई जुवा खेल्ने जुवाडेको भूमिका निर्बाह गरेका छन् । ‘समाजले बनाएको ‘ग्याम्बलर’को भूमिका मैले निर्बाह गरेको छु,’ सुमनले भने ।
क्यासिनोमा जुवा खेल्ने लत लागेको मानिसको बिषयमा निर्माण गरिएको चलचित्रलाई यादव गुरङको निर्माणमा बुढाथोकीले निर्देशन गरेका हुन् ।
सुमनका अलवा कल्पना शाही, राजेश हमाल, बिना बुढाथोकी, सोनिया केसी, दीपक क्षेत्रीलगायतका कलाकार चलचित्रमा रहने छन् । चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत छ ।

प्रतिक्रिया