राष्ट्रिय सम्मेलन असोज पहिलो साता

काठमाडौं, १७ असार । एमाले निकट अनेरास्ववियुले तेस्रो साता दाङमा विद्यान सम्मेलन दाङमा आयोजना गर्ने निर्णय गरेको जनाएको छ ।
काठमाडौंमा आज (सोमबार) पत्रकार सम्मेलन गरेर अनेरास्ववियुले साउन–१८ देखि २० गतेसम्म दाङमा विद्यान सम्मेलन गर्ने निर्णय गर्ने जनाएको हो । असोज–३ देखि ५ गतेसम्म राजधानीमा संगठनको २१ औं राष्ट्रिय सम्मेलन हुने छ ।
अनेरास्ववियुका संयोजक माधव ढुङगलेले तोकिएको समयमा राष्ट्रिय सम्मेलन हुन नसकेको बताए । ‘दुई वर्षमा सम्मेलन हुनु पर्ने भए पनि विभिन्न कारणले सर्न गएको थियो,’ उनले भने, ‘अब तोकिएकै समयमा सम्मेलन हुन्छ ।’

प्रतिक्रिया