अभद्र व्यवहार गर्ने तीनजना प्रहरी फन्दामा

Upendrakanta Aryalराजविराज, १६ असार । नेपाल प्रहरीका डिआईजीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सप्तरीका तीनजना हालसम्म मुक्त भएका छैन ।
पूर्वपश्चिम महेन्द्र राजमार्गमा जवर्जस्ती कर असुली गरेको तथा पूर्वाञ्चलका प्रहरी प्रमुख डिआजी उपेन्द्रकान्त अर्याललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बिहीवार राति तीनजनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भरोसी मण्डल, त्रिकौलका अमित लगरवार र पोर्ताहा–३ का सन्तोष साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीका अनुसार उनीहरुले जवर्जस्ती सवारी साधन रोकेर धाम्की दिनुका साथै कर असुल गरेकाले पक्राउ गरिएको हो ।

प्रतिक्रिया