देश र कर्कलाको बोट

Rasmitaसुकेको झरनाको भित्तो कुरेर

बस्ने उदासउदास लेउको
टाटोजस्तो मन लिएर,
कुनै बिहान हेर्दै थिएँ
कर्कलाका बोटहरूलाई
थकितथकित हुँदै
साँझमा डुबुल्की मारेर
फेरि बिहान हाँस्दै फर्केको सूर्यजस्तै
एउटा ओसिलो कुनोबाट
ठूलो सम्भावना बोकेर हुर्किएको
त्यो कर्कलाको पात
जसलाई हल्लाएका छन् कस्तरी
हुरिले तर,
रोक्न खोज्छन् ती असाहाय पातहरू
सक्दैनन्
विवस हँुदै आफँै लर्खराउन थाल्छन्, विनाभूकम्प
एकटकले हेरिरहन्छु म
रोकिन्छु भनेर किन रोकिन सक्दैनन् ?
त्यो कर्कलाका पात,
युद्धमा आत्मसर्पण गरेको
लडाकुजस्तै,
किन झुकिरहेको छ त्यो ?
माटोको पातालो पर्दाभित्र
जरो गाडेर बस्ने गानोलाई
किन हल्लाउन सक्दैनन् ती बतासहरूले ?
फेरि, आफू अटल भएर पनि
किन रोक्न चाहँदैन त्यो
विनाभूकम्प हल्लिरहेका तिनीहरूलाई ?
कुनै समयको एकादेशबाट
फेरि हुइँकिएर आउँछ हुरी
र, लडाएर जान्छ,
ती असहाय डाँठ र पातहरूलाई
र, गलाउनेछन आफ्नै जरो ढाक्ने माटोहरूले
फेरि उसैलाई मलजल हुनेछ त्यो,
कहिलै टुंगिने छैन त्यो निरन्तरता
फेरि पलाउने छ अर्को देश
उस्तैगरि आउनेछन बतासहरू
अनि फेरि ढलाएर जनेछन् देशहरूलाई,
सधैँसधँै ढल्नेछन् देशहरू निरन्तर
तर उसकै मलजल र छाहारीले
हुर्केको गानो,
झ्याँगिने छ त्यसैगरि
ढाक्ने छ पूरै जमिन
र पुन: अस्थिर हुनेछ देश
पुन: अस्थिर हुनेछ देश †††

प्रतिक्रिया