कोइराला र राजदूत जयन्तप्रसाद भेट

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादबीच बिहीबार बिहान भेटवार्ता भएको छ । नेपालको पछिल्लो राजनीतिक अवस्था र आगामी मंसिरमा गर्ने भनिएको संविधानसभा निर्वाचनबारेमा उनीहरूबीच छलफल भएको छ ।

राजदूत जयन्तप्रसादले चुनावका लागि दलहरूबीच भइरहेको प्रयास तथा राजनीतिक निकासका बारेमा चाँसो राखेका थिए । जवाफमा सभापति कोइरालाले दलहरूबीच भएको सहमतिअनुरूप चुनाव हुने बताउँदै आफूहरू जुनसुकै हालतमा पनि चुनाव सम्पन्न गर्न कटिबद्ध भएर लागेको बताएका थिए ।
आन्दोलनरत दलहरूलाई चुनावमा सहभागी गराउनका लागि छलफल भइरहेको कोइरालाले राजदूत जयन्तलाई बताएका थिए । चुनाव नै मुलुकको राजनीतिक संकटको निकास भएकाले यसलाई सफल बनाउनुपर्ने धारणा सभापति कोइरालाले राखेको उनका स्वकीय सचिव लक्ष्मण ढकालले बताए ।
राजदूत जयन्त प्रसादले स्वास्थ्य परीक्षणका लागि बिहीबार नै अमेरिका जान लागेका सभापति कोइरालाको स्वास्थ्यलाभको समेत कामना गरेको स्वकीय सचिव ढकालले बताए ।

प्रतिक्रिया