कालिकोटमा पहिरोमा परेर दुईको मृत्यू

kalikotकालिकोट, १३ असार । कालिकोट जिल्लामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ ।
भर्ता गाविसमा बुधबार राति पहिरोले घर भत्काउँदा राचुँली–३ का दत्त विक र जगते बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किँदा बुचे बिक घाइते भएका छन् ।
भारतमा मजदुरी गर्न गएका उनीहरु भक्तबहादुर मल्लको होटलमा बास बसेका बेला माथिबाट आएको पहिरोले घर बगाएको हो । होटलमा रहेका अन्य आठ जना सकुशल छन् ।

प्रतिक्रिया