नुवाकोटमा दोस्रो दिन पनि बन्द आह्वान

नुवाकोट, १२ असार । नुवाकोटको किम्ताङ्का पहिरो पीडितलाई विदुर–६ स्थित ईनारपाटीमा पुनर्वास गराउन लागेको विरोधमा स्थानीयले गरेको बन्द आज (बुधबार) दोश्रो दिन पनि जारी छ ।
स्थानीयको सहमति विपरीत पुनर्वास गरिन लागिएको भन्दै ईनारपाटी, महारानीडिही, पिपलटारलगायतका वासिन्दाले बन्द आव्हान गरेका हुन् । बन्दकर्ताले विहानैदेखि पासाङल्हामु मार्गका विभिन्न स्थानमा वसेर सवारी साधनमा अवरोध गरेका छन् । वन्द आव्हानका कारण जिल्लामा शैक्षिक संस्था, उद्योग व्यवसाय ठप्प छन् ।
भूमिसुधार मन्त्रालयले किम्ताङका ४ सय ८ परिवारलाई ईनारपाटीस्थित पुरानो खम्वाली क्याम्पमा रहेको ५ सय भन्दा बढि रोपनी जमिन वितरणको प्रकृया अगाडि बढाएको छ । सोही निर्णयको विरोधमा नुवाकोट बन्द गरिएको हो ।
नुवाकोटको दुर्गम पहाडी क्षेत्र किम्ताङ एकदशकदेखि निरन्तर पहिरोको चपेढामा रहेको छ ।

प्रतिक्रिया