बाढीबाट विस्थापितहरु सदरमुकाममा

Dailekha Districtदैलेख, १२ असार । असार–४ गते परेको अविरल वर्षापछि घरबारबिहीन भएका परिवारहरु सदरकुमाममा पाल टांगेर बस्न थालेका छन् । राज्यले उचित रहत दिने तर्फ ध्यान नदिए पछि उनीहरु पालको बास बस्न बाध्य भएका हुन् ।
तल्लोडुगेश्वरका बाढीबाट विस्थापित बादी समुदायका २३ घरपरिवार सदरमुकाममा पाल टाँगेर बसेका छन् । यसअघि स्थानीय विद्यालयमा बस्दै आएका उनीहरु विद्यालयमा बस्दा पढाईमा अवरोध भएपछि सदरमुकाम पुगेका हुन् ।
नेपाल रेडक्रस जिल्ला शाखा दैलेखले दिएको पाल, बाल्टिन र कम्बल ल्याएर उनीहरु मंगलवार राति सदरमुकाम आईपुगेका हुन् । बिस्थापित भएको आठ दिनसम्म राज्यले राहत उपलब्ध नगराएको भन्दै उनीहरुले गुनासो गरे । बिहान बेलुका खानलाई समेत केही नभएको उनीहरुको भनाई छ ।
लगातार चार दिनको बर्षाले असार–३ गते एकघर भत्किदा मालिका–२ मा सोमबार राति एकैपरिवारका ७ जनाको मृत्यू भएको थियो । रामागाड र तल्लो डुंगेश्वरका ३५ घर बगाएको थियो । थुपै्र घर डुबानबाट प्रभावित छन् ।
तल्लो डुंगेश्वरमा तीन दिन यताको भारि वर्षाले नदीनाला बढेपछि आसपासका थुपै्र बस्तीलाई प्रभावित बनाएको छ । कर्णाली र रामागाड खोलाको दोभानमा रहेको रामागाड बजारका १० घर पनि बगाएको छ ।

प्रतिक्रिया