नासा र प्राइम फाइनलमा

काठमाडौं : नासा र प्राइम प्रथम मोर्गन कप राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
नासा पुरुषतर्फ र प्राइम महिलामा फाइनल पुग्ने दोस्रो तथा अन्तिम टोली हो । यसअघि पुरुषमा ह्वाइटहाउस र महिलामा गुरुकुलले अन्तिम दुईमा स्थान बनाइसकेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पुरुषको दोस्रो सेमिफाइनलमा नासाले गुरुकुलको यात्रा ८८–८१ ले पूर्णविराम लगायो । नासाको जितमा जोइलले ३३ अंक योगदान गरे ।
पहिलो क्वाटरमा २०–१६ को अग्रता लिएको नासा दोस्रोमा १७–२७ ले पछि प¥यो । बा“की क्वाटर २३–१४ र २८–२४ ले आङ्खनो पक्षमा पार्दै नासाले फाइनल यात्रा सुनिश्चित ग¥यो । वसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको महिलाको सेमिफाइनलमा प्राइमले ह्वाइहाउसको चुनौती ३४–२४ ले समाप्त पा¥यो । प्राइमकी स्नेहा श्रेष्ठले ११ स्कोर गरिन् । सुरुको क्वाटरमा ४–६ ले पछि परे पनि प्राइमले अन्यमा अग्रता बनाउन सफल रह्यो ।
प्राइमले दोस्रोमा ९–७ अंक जोड्दै खेललाई १३–१३ को बराबरीमा पु¥यायो । बा“की दुई क्वाटरमा अग्रता लिने क्रममा प्राइमले १४–७ र ७–४ स्कोर गर्दै जित हात पा¥यो । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । (सौस)

प्रतिक्रिया