पत्रकार पन्त सञ्चालक समितिमा नियुक्त

Tank-Pantaकाठमाडौं, ११ असार । सरकारले पत्रकार टंक पन्तलाई नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरेको छ ।
गुल्मी बलेटक्सार स्थायी घर भएका पन्त नेपाल समाचार पत्र दैनिकमा कार्यरत छन् । झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील पन्तलाई सरकारले सोमबार सदस्य पदमा नियुक्त गरेको हो । उनको कार्यकाल दुई बर्षको हुने सरकारले जनाएको छ ।
यसैबीच, संसदीय मामिला पत्रकार समाजले पन्तलाई बुधाई समेत दिएको छ । पत्रकार पन्त समाजका सल्लाहाकार पनि हुन् ।

प्रतिक्रिया