नेटबलका लागि खेलाडी छनोट

काठमाडौं : आठौँ एसियाली यु–२१ नेटबल च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको अन्तिम छनोट पूरा भएको छ । जुन ३० देखि जुलाई ७ तारिखसम्म ब्रुनइको बन्दसेरी वेगावानमा हुने प्रतियोगितालाई १२ महिला खेलाडी छनोट भएको नेपाल नेटबल संघका अध्यक्ष वीरबहादुर तामाङले जनाएका छन् । छनोट भएका खेलाडीमा होलिसा प्रधान (कप्तान), समीक्षा न्यौपाने(उपकप्तान), एलिशा मल्ल, रिया स्वाँर, जन्नत श्रेष्ठ, सुरुची पुन, नमिता तामाङ, सीमा कार्की, शीतलसिंह भण्डारी, सुचिता गुरुङ, सोनम याङजोम शेर्पा तथा विश्मिता तामाङ रहेका छन् । उक्त टोलीलाई रोटरी क्लब अफ नर्थ, काठमाडौंले ३४ हजार रुपियाँ बराबरको ट्रयाकसुट प्रदान गरेको नेटबल संघका महासचिव दीपक लामाले जनाएका छन् । (सौस)

प्रतिक्रिया