अभिभावकद्वारा विद्यालयमा तालाबन्दी

रोल्पा, १० असार । नियमित पठनपाठनको माग गरेर रोल्पाको जिनाबाङ–५, कुकुरगारेस्थित श्री भगवती निम्न माध्यमिक विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन् ।
अभिभावकको तालाबन्दी पछि विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन् । प्रधानाध्यापक विद्यालयको काममा शिक्षा कार्यालय गएको तथा अन्य शिक्षकहरुको सरुवा भए पछि विद्यालयमा एकहप्ता देखि पठनपाठन अवरुद्ध छ ।
पठनपाठन नियमित गराउन माग गर्दै अभिभावकले विद्यालयमा आज (सोमवार) देखि अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका छन् ।
कक्षा आठसम्म पठनपाठन भइरहेको सो विद्यालयमा ३ जना स्थायी दरबन्दी र अन्य निजीस्रोतका शिक्षक कार्यरत छन् ।
विद्यालयमा पूर्ण पठनपाठनको वातावरण नबनेसम्म ताला नखोल्ने अभिभावक टेकम वलीले बताए ।

प्रतिक्रिया