मण्डेलाको स्वास्थ्यस्थिति गम्भीर

Nelson Mandelaदक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको स्वास्थ्यस्थिति अत्यन्तै गम्भीर भएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा मण्डेलाको स्वास्थ्य अवस्था बिग्रदै गएको जनाइएको छ । स्वास्थ्य सुधारका लागि सबै प्रयास जारी राखिएको राष्ट्रपति ज्याकब जुमाले जानकारी दिए ।

सबै चिकित्सक अवस्था सुधारमा केन्द्रित छन्, जुमाले भनेका छन् । ९४ वर्षिय मण्डेलालाई यसै महिनाको शुरुमा अस्पताल भर्ना गरेर उपचार गरिराखिएको छ । काला समुदायका तर्फबाट दक्षिण अफ्रिकामा पहिलो राष्ट्रपति बनेका उनी आम सर्वसाधारणमा अत्यन्तै लोकप्रिय नेता हुन् ।

प्रजातन्त्र र नागरिक अधिकारका लागि उनले गरेको संघर्ष विश्वकै लागि प्रेरणादायी रहेको छ । त्यसैले संयुक्त राष्ट्र संघले नै मण्डेलाको नाममा दिवस नै घोषणा गरिसकेको छ । नोबेल शान्ति पुरस्कारका विजेता उनी रंगभेदविरुद्ध अनवरत संघर्षमा रहेका व्यक्ति हुन् ।

प्रतिक्रिया