गोल्डेनगेट कलेज अग्रस्थानमा

ललितपुर : गोल्डेनगेट कलेजले मनमोहन स्मृति तेस्रो राष्ट्रिय टिम क्लब बुद्धिचाल प्रतियोगितामा अग्रता हासिल गरेको छ । तीन चरणको समाप्तिमा उसले सतप्रतिशत विजयसहित ६ अंक जोडेको छ ।
गोल्डेनगेटले दोस्रो खेलमा बत्तीसपुतली क्लबलाई र तेस्रोमा ललितपुर जिल्ला बुद्धीचाल संघलाई पराजित गर्‍यो । यसैगरी, दोस्रो स्थानमा रहेको मखन चेस क्लबको ५ अंक छ ।
ललितपुर, ख्वप्रिंग, मछिन्द्र क्लब, काठमाडांै चेस क्लब, मध्यपुर चेस क्लब, बत्तीसपुतली युवा क्लब र पोखरा चेस क्लबको समान ४ अंक छ । मनमोहन स्मृति चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा शनिबार दोस्रो चरणको खेलमा पूर्वनेपाल च्याम्पियन मखनका पुन्यमान कमाचार्यले २४०१ रेटेड भारतीय आइएम दिनेशकुमार शर्मालाई हराए । (सौस)

प्रतिक्रिया