इमेज र टिटिभी सेमिफाइनलमा

काठमाडौं : साविक उपविजेता इमेज च्यानल छैटौँ भर्जिन मिडिया कप फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बुद्धिविकास खेल मण्डलमा भएको प्रतिस्पर्धामा इमेजले फोटो जर्नालिस्ट(पिजे) क्लबलाई २–० ले पराजित गर्‍यो । पेमा शेर्पा र पुजन श्रेष्ठले गोल गरे । पेमा ‘म्यान अफ द म्याच’ चुनिए ।
टिटिभीले नागरिकलाई टाइब्रेकरमा ३–२ ले निराश पार्‍यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । टिटिभीका रविन्द्र खड्का, प्रसित हुमागाईं र शंकर खड्काले पेनाल्टी अवसरलाई सदुपयोग गरे । नागरिकका बुद्धिमान गुरुङ र मनिल लामाले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न सफल भए । मनिल ‘म्यान अफ द म्याच’ घोषित भए ।
नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा जित हात पार्दै कारोबार दैनिक र साविक विजेता नेपाल टेलिभिजनले पनि सेमिफाइनल यात्रा तय गरे । (सौस)

प्रतिक्रिया