आप्रवासीको पारिश्रमिक उच्च

सोल : वैदेशिक रोजगारीको मुख्य आर्कषक गन्तव्य मानिएको दक्षिण कोरियामा इपिएसमार्फत आएका आप्रवासी कामदारले न्यूनतम पारिश्रमिकभन्दा बढी आर्जन गर्दै आएका छन् । इपिएसमार्फत आउने एसियाका १५ मुलुककै युवाका लागि रोजगारीको केन्द्र बनिरहेको कोरियामा आप्रवासी कामदारको आय वृद्धि हँुदै गएको एक तथ्यांकले देखाएको हो ।
कोरियाको साना तथा मझौला व्यवसायी संघ(केबिज)ले साना, मझौला तथा घरेलु उद्योगमा कार्यरत एक हजार ५८ जना इपिएस कामदारले आर्जन गर्दै आएको पारिश्रमिकबारे गरेको सर्वेक्षणअनुसार मासिक औसत १६ लाख २१ हजार वन (१४ सय ३७ डलर) आर्जन गर्ने गरेका छन् । जसमा न्यूनतम ज्यालाको अतिरित्त समय र बोनस गरी सो रकम हुनगएको हो । श्रम तथा रोजगार मन्त्रालयले सन् २०१३ मा आप्रवासी कामदारका लागि निर्धारण गरेको मासिक न्यूनतम ज्याला १० लाख ९८ हजार वन छ । जसमध्ये कामदारले अतिरिक्त पाँच लाख २३ हजार रुपियाँभन्दा बढी कमाइ गर्ने गरेका छन् ।
यहाँका घरेलु साना तथा मझौला उद्योगमा कार्यरत कामदारहरूको दाँजोमा आप्रवासी कामदारले अधिक ४ दशमलव ४ प्रतिशत अर्थात् (दुई सय २२ डलर) भन्दा बढि आर्जन गर्ने गरेका छन् । उनीहरूले कठिन गर्दे आएका छन् । जसमा न्यूनतम पारिश्रमिकमध्ये बंगलादेश ७ दशमलव ६, इन्डोनेशिया ७ दशमलव १ नेपाल ६ दशमलव ८, कम्बोडिया ५ दशमलव ६, म्यानमार ५ दशमलव १, पाकिस्तान ४ दशमलव १ र फिलिपिन्स ४ दशमलव बढी आर्जन गर्ने गरेको तथ्यांकले देखाएको छ ।
कोरिया आउने अधिकांश एसियन कामदार मुख्यत: अर्थ आर्जन र सीप सिक्नका लागि आउने गरेका छन् । यहाँबाट स्वदेश फर्केपछि व्यापार, पशुपालन तथा विभिन्न फर्म खोल्ने उद्देश्य रहेको उनीहरूले बताए ।

प्रतिक्रिया