एघार गाविसलाई नमुना सहर बनाइने

कीर्तिपुर, ९ असार । काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले काठमाडौंका दक्षिणपश्चिम भेगस्थित ११ गाविसका जग्गा एकत्रित गरी आधुनिक सहर बनाउने बताएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजनामा दहचोकमा आयोजित छलफल कार्यक्रममा उनले दहचोकलगायतका ११ वटा गाविसलाई स्थानीयवासीको सहकार्यमा नमुना सहरका रूपमा निर्माण गरिने उल्लेख बताए ।

दहचोक, बाडभञ्ज्यांग, थानकोट, सतुंगल, महादेवस्थान, पुरानो नैकापलगायतका ११ गाविसलाई आधुनिक सहरका रूपमा विकास गर्न यस क्षेत्रमा जग्गा एकीकृत गरी विकास गर्ने र प्रत्येक सर्वसाधारणको स्तर अभिवृद्धि हुने गरी चार वर्षीय योजना अघि बढाइने उनले बताए ।
कार्यक्रममा दहचोक गाविसका पूर्व गाविस अध्यक्ष हरिशरण थापाले काठमाडौं पश्चिमभेगमा प्रयाप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको उल्लेख गरे । कार्यक्रममा दहचोक गाविसका सचिव भुवनहरि अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतका वक्ताहरूले काठमाडौं दक्षिण–पश्चिम भेगको एकीकृत विकासका लागि यहाँका सम्भाव्यताको खोजी गरिनु आवश्यक रहेकामा जोड दिएका थिए ।

प्रतिक्रिया