छिमेकीबाट बालिका बलात्कृत

राजविराज : सप्तरीको महादेवपट्टी ५ निवासी एक १२ वर्षिया वालिका आफनै छिमेकीवाट वलात्कृत भएकी छिन् । छिमेकी २२ वर्षिय सैजुन सेखले शुक्रवार साझ नजिकैको वारीमा लगेर सेख थरकी ति वालिकालाई वलात्कार गरेका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार सैजुनले साझ करिव ७ वजे वालिकालाई जवर्जस्ति वारिमा लगेर मुखमा रुमाल कोचेर वलात्कार गरेका थिए । घटनापछि पीडक सैजुन फरार छन् । वालिकाले आफन्तलाई जानकारी गराएपछि सनिवार विहान घटना सार्वजनिक भएको हो ।
प्रहरीले वालिकालाई तत्कालै स्वास्थ्य परिक्ष्ँणका लागि राजविराज स्थित सगरमाथा अन्चल अस्पतालमा पठाएको छ भने पीडकको खोजतलास समेत प्रहरीले तिव्र पारेको ईलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । यसैविच, पीडितका आफन्तले सनिवारै ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गराई पीडकलाई कारवाहीको माग गरेका छन् । (सौस)

प्रतिक्रिया