प्रहरीको ‘ह्यान्ड इन ह्यान्ड’ कार्यक्रम

बर्दिबास, ९ असार । बर्दिबासमा मौलाउदै गैरहेको लागुपदार्थ दुव्र्यशनि र महिला हिंसा लगाएतका विषयलाइ लिएर इलाका प्रहरी कार्यालय बर्दिबासले पुलिस पब्लीक ह्यान्ड इन ह्यान्ड कार्यक्रम सुरु गरेको छ ।

विशेषगरी यस क्षेत्रमा केहि समयदेखि अत्याधिक रूपमा बढेको भै झगडा , कुटपीट ,जुवातास ,महिला हिंसा ,बाल यौन दुराचार तथा गुण्डागर्दी जस्ता अपराधहरू नियन्त्रण गर्न यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तुलसी अधिकारीले जानकारी दिनुभयो । प्रहरीले घरदैलो कार्यक्रम अन्तर्गत पर्चा पम्पलेट वितरण गर्ने, स्थानिय बासी, घर मुलीहरूको विवरण ,व्यवसाय गर्ने व्यक्तिहरूको तथ्याँक संकलन र उनीहरूलाइ आवश्यक सल्लाह सुझाव समेत दिइ सर्वसाधारणसंगको संवन्ध सुमधुर समेत बनाउने भएको नायव उपरीक्षक अधिकारीले बताए । सर्वसाधारणको पहरेदार प्रहरी नै भएकाले समाजमा शान्ति स्थापनाका साथै अपराध नियन्त्रण र अनुसन्धान कार्य सफल हुने प्रहरी निरीक्षक भिष्म हुमागाईको विश्वास छ ।
प्रहरीले चालेको यस कदम प्रति यस क्षेत्रका स्थानियबासीले आफुलाइ ढुक्कको महशुस भएको बताएका छन् । साथै यसखाले कार्यक्रम सर्वसाधारणसम्म पुगी शान्ति स्थापना गर्ने खुड्कीले भएको नागरीक समाजको बुझाइ छ ।

प्रतिक्रिया