चट्याङ लागेर तीन जनाको मृत्यू

chatyang

बारा, ८ असार । बारा जिल्लामा चट्याङ लागेर तीनजना बालिकाको मृत्यू भएको छ ।
कलैया नगरपालिका–१३ मा आज (शनिबार) विहान शौच गर्न घरबाहिर निस्केका तीनजना बालिकाको मृत्यू भएको हो । उनीहरुलाई शौच गर्ने क्रममा चट्याङ लागेको आफन्तले जनाएका छन् ।
मृत्यू हुनेमा १० बर्षीया सवियानी नेसा, ८ बर्षीया नुरजहान नेसा र १२ बर्षीया सोनियाकुमारी मण्डल रहेका छन् ।

प्रतिक्रिया