प्राइम र ह्वाइटहाउस विजयी

काठमाडौं : प्राइम र ह्वाइटहाउसले प्रथम मोर्गन कप राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको महिलामा शुक्रबार जित हात पारेका छन् ।
प्राइमले मोर्गनलाई ३६–१७ ले पारजित गर्‍यो । प्राइमको जितमा स्नेहा सिंहले १३ अंक योगदान गरिन् । ह्वाइटहाउसले साइपालमाथि ३२–१९ को जित निकाल्यो । विजेताकी सुजाता राईले ९ स्कोर गरिन् । पुरुषमा गुरुकुल सफल भयो । गुरुकुलले जेभियर्समाथि ८४–५१ को जित प्राप्त गर्‍यो । गुरुकुलको जितमा किजातोले २३ अंक योगदान गरे । (सौस)

प्रतिक्रिया