एकसय असी किलो सुपारी बारमद

supariझापा, ७ असार । झापा जिल्लामा प्रहरीले फेरि पनि एकसय असी किलो सुपारी बरामद गरेको छ ।
बिहीबार राति मेची नगरपालिका–११, दुर्गा मन्दिरमा सादा पोशाकमा रहेका प्रहरी टोलीले एकसय असी किलो सुपारी बरामद गरेको जनाएको छ ।
अबैध रुपमा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजाँदै गरेका ६/७ जनाको समूहमा रहेका सुपारी तस्करले प्रहरीलाई देख्ने वित्तिकै अबैध सुपारी छाडेर फरार भएका थिए ।

प्रतिक्रिया