आधुनिकता र पुस्ता अन्तर

Janarjan--Poudelरिटार्यड लाइफ भनेर बुढ्यौली उमेरलाई भन्ने गरिएको छ । रिटार्यड भनेकै थाकेको जिन्दगी भन्न खोजेको हो । वास्तवमा थाकेको जिन्दगी आफैँमा वेदनाले भरिएको हुन्छ । बुढ्यौली हुनु शारीरिक प्रक्रिया हो । जब शारीरिक रूपले कमजोर भएपछि मानिसमा स्वत: मानसिक समस्या देखा पर्ने गरेको पाइन्छ । मानिस बूढो हुँदै गएपछि पुन: एकपटक बालक अवस्थामा फर्कन्छ । उसले गर्ने क्रियाकलाप हाउभाउ एवं व्यवहारहरू  स्वत: बालकजस्तो हुन्छ । त्यो उनीहरूले चाहेर भएको होइन । मनिस बूढो हुनु  एक प्राकृतिक प्रक्रिया हो । यो एक ब्नभष्लन एचयअभकक हो ।  यस सम्बन्धमा वैज्ञानिकहरूले विभिन्न ५ वटा सिद्वान्तहरूबाट व्याख्या गरेका छन् । युवा अवस्थादेखि परिवार समाज र देशका लागि क्षमताले भ्याएसम्म योगदान पुर्‍याएका व्यक्ति जब शारीरिक रूपमा अशक्त भई बुढ्यौली हुन्छन्, त्यसैलाई बुढ्यौली भनिएको हो । यसरी बुढोहुनुलाई सम्मानित रूपमा जेष्ठ नागरिक पनि भन्ने गरिन्छ ।
आफ्नो उमेर छँदाको समयमा घटेका मीठामीठा घटनाहरूलाई सम्झेर कल्पनामा जीवन बिताउनुबाहेक यो उमेरमा अरू केही गर्न सकिन्न  ।  उमेर छउन्जेल, बल छउन्जेल, सामथ्र्यले भ्याउन्जेल मानिसले हरेक स्थान र क्षेत्रमा हरेकलाई सहयोग गरेको हुन्छ किनकि  भविष्यमा आफूलाई अप्ठेरो र दु:ख परेको बेलामा सबैले सहयोग गरून् । तर, मान्छेले सोचेजस्तो कहिल्यै हुन्न । ब्याज तिर्न भनी ऋण खानेले त साँवै खाइदिन्छ । हिजो गरेको योगदान र सहयोग कतिले सम्झेलान् ।  कतिले नसम्झन पनि सक्छन् । हिजोआज समाज व्यवसायिकतातिर ढल्केको छ । कसैलाई कसैको बारेमा चिन्ता लिने फुर्सद कहाँ छ र ?
संसारमा मुख्यत: तीनवटा जेनेरेसन विद्यमान हुन्छन् । हाम्रो नेपाली समाजमा पनि तीनवटा
जेनेरेसन विद्यमान छ । एउटा जेनेरेसन ५० वर्षमाथिको छ,  अर्को जेनेरेसन ३५ वर्षमाथिको छ र आधुनिक जेनेरेसनको रूपमा २५ वर्षसम्मका लिन सकिन्छ । यी तिनै जेनेरेसनका विचमा रहनसहन, खानपीन, हिँडाइ, बसाइ एवं वैचारिक भिन्नताहरू पाइन्छन् । माथिल्लो जेनेरेसन र तल्लो जेनेरेसनबीच त यहाँ निक्कै  ग्याप देखिन्छ ।  बीचको २५ देखि ५० सम्मको जेनेरेसनले यी तीनवटै जेनेरेसनबीच पुलको काम गनुपर्ने तर त्यो हुन सकिरहेको छैन । कारण बीचको जेनेरेसन न पुराना मूल्यमान्यताहरू पूर्ण रूपले आत्मसाथ गर्दे अघि बढ्न सक्छन् न नयाँ आधुनिक जीवनशैली मै आफूलाई ढाल्न सक्छन् ।  तसर्थ, आजको नेपाली समाजको अत्यन्तै उत्पीडित जेनेरेसन भनेको मध्यम जेनेरेसन हो । तेस्रो जेनेरेसनलाई लेटेस्ट जेनेरेसन भनिन्छ । यही लेटेस्ट जेनेरेसनको बारेमा एउटा उदाहरण यस प्रकार छ । मेरो एकदमै नजिकको आफन्तको एक जना बुबाको मृत्यु भएको एक्कासि खबर आएछ । काठमाडांैदेखि बाहिरको कुनै जिल्लाबाट खबर सुन्नेमा पहिला मृतकका छोरा थिए । उनले सो खबर आफ्नो परिवारमा अन्य सदस्यहरूलाई सुनाए छन् । यसै क्रममा  नातामा मृतकका नातिनी पर्नेलाई पनि सुनाएछन् ।  छोरी हाम्रो हजुरबुबा राति स्वर्गीय हुनुभएछ, अब हामी घर जानुपर्ने भयो । यसको प्रतिउत्तरमा तिनको प्रतिक्रिया त्यति आश्चर्य जनक नआएको देख्दा तिनका बुबा अचम्ममा परेछन् वा केही भन्न नसकि अवाक परेछन् अनि सोच्न थाले छन् यिनको लालनपालन र संस्कारमा हामीले के कमी गरेका रहेछौँ । तिनलाई कस्तो संस्कार दिएछौँ । तिनको प्रतिउत्तर के रहेछ भने तिनले मात्र यति भनिछन् ओ नो ब्याड लक भएछ है । बस यति मात्र भनेर तिनी आफ्नो काममा लागिरहिछन् । हाम्रो थर्ड जेनेरेसनको नियति यस्तै छ । जहाँ एउटा हजुरबुबा मर्दा नातिनीको मनमा चोटको अलिकति पनि अनुभूति हँुदैन । जसले ती नातिनीको दिसा, पिसाव स्याहार्नेदेखि लिएर तिनी बिरामी हुँदा कति रात नसुति बसेहोलान्, तिनलाई खुवाउने सिलसिलामा कैयाँै दिन भोकभोकै बसे होलान् ।  आज तिनैको मृत्यु हुँदा तेस्रो जेनेरेसनको यस्तो प्रतिक्रिया आउनुमा ती केटाकेटीहरूको मात्र दोष छैन । त्यसमा हाम्रो घर, परिवार एवं समाजको पनि दोष छ ।  किन हामीले तेस्रो पुस्तालाई उचित संस्कार दिन सकेनाँै ? जसको प्रभावले गर्दा उनीहरू यति धेरै आधुनिक बन्न पुगे कि मृत्युलाई समेत सामान्य रूपमा लिन थाले । हुन त मृत्यु अकाट्य छ मानिस यस संसारमा जन्मेपछि सबैले एकदिन त मर्नैपर्छ । तैपनि मृत्यु पनि सुखमय हुनु जरुरी छ । नेपाली समाजमा बाबु आमा मर्ने बेलामा छोराछोरीले मुख हेर्ने संस्कार रहेको पाइन्छ ।  प्रत्येक आमा बुबाले आफ्नो सन्तानको भलो चाहेका हुन्छन् ।  सबै सन्तानको उन्नति देख्दै सन्तानकै काखमा प्राण त्याग गर्न पनि चाहन्छन् ।  कतै आजको नेपाली समाजले उनीहरूलाई यो चाहनाबाट वन्चित गरिरहेको त छैन ?  अवश्य पनि आजको नेपाली समाजमा हरेकका  बाआमाहरू आफ्ना सन्तान विदेश जाने कारण उन्नति प्रगति र सुखसयलमा त देखिएका त छन् । तर, आत्मसन्तुष्टि भने छैन ।  उदाहरणको रूपमा   तपाईं हाम्रै टोलछिमेकको घटनालाई हेर्न सकिन्छ । छोरा जापान, बुहारी अस्ट्रेलिया अनि श्रीमान् लन्डनमा भएकी एउटा वृद्ध आमा नेपालमा हुन्छिन्, यहाँ एक घुट्को पानी खान दिने मानिस पनि हुन्नन् । घरमा काम गर्ने मान्छेको भर पर्नुपर्छ । उनले आफ्नो सन्तानको काखमा प्राण त्याग गर्न पाउलिन् त ? सन्तानको माया, ममता र स्नेह पाउलिन् त ? त्यसो भए केका लागि विदेशिएका छन् त ? यिनका छोराबुहारीको करौडौँ पर्ने महल केका लागि ? पजेरो गाडी केका लागि ? यदि जीवनमा आत्मसनतुष्टि नै छैन भने बाँकी भौतिक सुखसयलले मान्छेको जिन्दगीमा थोरै पनि खुसी राख्न सक्दैन ।
वास्तवमा सबै जेनेरेसनले बुझ्नुपर्ने कुरा के छ भने वृद्ध अवस्थामा धनसम्पत्ति सुखसयल आदिभन्दा पनि परिवारको माया, ममता स्नेह र हेरचाहाको खाँचो पर्छ । हिजोआजको जेनेरेसनलाई यस्तो भनिरहँदा उनीहरू के भन्छन् भने उहाँहरूलाई खानलाउन दिएकै छ, काम केही गर्न लाएको छैन, त्यहाँभन्दा के गर्ने त ? तर यी सब सोच गलत हुन् । कुकुरले पनि दुई छाक मजाले खाइरहेको छ अनि उसमा पनि आफ्नो परिवारप्रति माया, ममता हुन्छ । त्यसो भए मानिस र जनावरमा के भिन्नता छ ?  बेलाबेलामा आफ्नो वृद्धा बुबाआमालाई पनि समय दिएर उनीहरूका भावना बुझ्नुपर्छ । यसो गर्न सकेनौँ भने आफ्नो भौतिक सुखसुविधा र स्वार्थको मात्र पछि लाग्यौँ भने हामी जीवनमा कहिल्यै सुखी हुन सक्दैनौँ ।

प्रतिक्रिया