आजबाट ढुकुटी र अप्रिल फुल

jharana_thapa_1289609557काठमाडौं : अघिल्ला केही साता फ्राइडे रिलिजअन्तर्गत तीन वा सोभन्दा माथि संख्याका चलचित्र प्रदर्शनमा आए पनि यो साता अर्थात् आज शुक्रबारबाट भने दुई नयाँ चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र हुन्, ‘ढुकुटी’, र ‘अप्रिल फुल ’ । ‘ढुकुटी’ डिके पुन मगरको निर्देशनमा बनेको चलचित्र हो भने ‘अप्रिल फुल’ भद्र भुजेलको निर्देशनमा तयार भएको छ ।
‘ढुकुटी’ अवैध रूपमा खेलिने पैसाको खेल ढुकुटीका विविध पक्ष उजार गर्ने उद्देश्यले निर्माण भएको चलचित्र हो । देशभर एकैसाथ प्रदर्शनमा आएको चलचित्रमा झरना थापा, धीरेन शाक्य, रमा थपलिया, डोल्मालगायत कलाकारको मुख्य भूमिकामा अभिनय छ । चलचित्रको कथा, पटकथा, संवाद र गीत रेशम सापकोटाले तयार पारेका हुन् ।
रञ्जित गजमेरको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, शिव विकको नृत्य, यम आलेको छायांकन र मित्रदेव गुरुङको सम्पादन छ । चलचित्र ‘ढुकुटी’ सामाजिक गर्जो टार्ने पवित्र पेसाको निहँुमा देखिएको ठगीविरुद्ध प्रतिकात्मक आवाज रहेको निर्देशक मगरले बताए ।
‘अप्रिल फुल’ सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको चलचित्र हो । आफ्ना नजिकका साथीहरूलाई ढाँटेर रमाइलो गर्ने अप्रिल फस्र्टको लापरवाहीले जीवनमा कति ठूलो समस्या ल्याउँछ भनेर निर्माण्ँ गरिएको यस चलचित्र ‘अप्रिल फुल’ देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको हो ।
थर्ड टिम फिल्मस् प्रालिको ब्यानरमा निर्माणँ गरिएको अप्रिल फुलका कार्यकारी निर्माता विनोद लामिछाने रहेका छन् । चलचित्रले दर्शकलाई पूणर््ँमनोरञ्जन र सन्देश दिने लामिछानेले जानकारी गराए । चलचित्र राम्रो बनाउन कुनै कसुर बाँकी राखेका छैनौँ, निर्माता लामिछानेले भने, ‘अप्रिल फुलको यथार्थ घटनालाई सन्देशमूलक तरिकाले चलचित्रको विषयवस्तु बनाइएको छ ।’
सुमिना घिमिरे, कुमार लामिछाने, विनोद न्यौपाने, मनोज लामिछाने, महिमा सिलवाल, किरण्ँ न्यौपाने, देशभक्त खनाललगायत कलाकारको चलचित्रमा मुख्य भूमिका छ । (सौस)

प्रतिक्रिया