कोपिलालाई एथलेटिक्सको दोहोरो स्वर्ण

Bishes-khelkud-aकाठमाडौं, ७ असार । जीवनज्योति उमावि, तनहुँकी कोपिला कुमालले १८औं विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिताको पहिलो दिन बिहीबार दोहोरो स्वर्ण जितेकी छन् । उनले छात्राको १ सय र २ सय मिटर दौड (क्रचेज नलिएर) मा एक–एक स्वर्ण जितिन् । १ सयमा विद्यानीलकण्ठ, दाङकी रीता चिजवाल दोस्रो र निर्जला निमावि, तनहुँकी अप्सरा पाण्डे तेस्रो भए । २ सयमा निर्जलाकी अप्सरा दोस्रो र शैलेश्वरी उमावि, कैलालीकी करिश्मा चौधरी तेस्रो भए ।
१५ वर्षमाथि पूर्णदृष्टिविहीनको छात्र सºटबल थ्रोमा पूर्वाञ्चल ज्ञान चक्षु, धरानका अमरदीप राई पहिलो, मंगलप्रसाद उमावि, बाँकेका राधेश्याम चौधरी दोस्रो र पूर्वाञ्चलका उमेश धिमाल तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपांगको छात्रा २ सय मिटर दौड (क्रचेज नलिएर) मा श्री जनता मावि, सर्लाहीका मुन्ना सुनारले स्वर्ण, शारदा उमावि, तनहुँका भीष्म कुमालले रजत र सयपत्री
उमावि कैलालीका विजय चौधरीले कांस्य जिते । सुस्तश्रवणको छात्रा लङजम्पमा केन्द्रीय बहिरा उमावि, काठमाडौंकी लक्ष्मी महर्जन प्रथम, मनकामना बहिरा मावि, गोरखाकी शान्ति थनेत द्वितीय र सिर्जना बहिरा उमावि, पोखराकी डासीमाया खनाल तृतीय भए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सुस्तश्रवणको छात्र १ सय मिटर दौडमा
केन्द्रीय बहिराका संगम पाख्रिन पहिलो, मनकामनाका सुरज खड्का दोस्रो तथा
बहिरा बालक उमावि, भैरहवाका देवेन्द्र सारु तेस्रो भए । पूर्णदृष्टिविहीनको छात्रा ५० मिटर दौडमा शिखर उमावि, सुर्खेतकी घना दर्लामी पहिलो, लेबोरेटरी उमावि, कीर्तिपुरकी सरिता अर्याल दोस्रो र नारायणी उमावि, चितवनकी मधुमाया पौडेल तेस्रो बने ।
१५ वर्षमाथि आंशिक दृष्टिविहीनको छात्रा १ सय मिटर दौडमा मंगलप्रसादकी सपना चौधरी, लेबोरेटरीकी पारु रिसाल र अमरसिंह उमावि, कास्कीकी हिता गुरुङ क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । शारीरिक अपांगको छात्र १ सय मिटर ह्विलचेयरमा खगेन्द्र नवजीवन गृह, काठमाडौंका तेजबहादुर घर्तीमगर पहिलो, धनौरी निमावि, दाङका चेतबहादुर केसी दोस्रो र खगेन्द्रका दिनेश खत्री तेस्रो भए ।
बहिरातर्फ छात्राको २ सय मिटर दौडमा केन्द्रीय बहिराकी सुनिता तामाङ पहिलो र सपना चक्रधर दोस्रो तथा मनकामनाकी शान्ति थनेट तेस्रो स्थानमा रहे । प्रतियोगितामा दृष्टिविहीनमा ९३, शारीरिक अपांगमा १ सय ७ र बहिरातर्फ १ सय २ गरी कुल ३ सय २ खेलाडीको सहभागिता छ ।

प्रतिक्रिया