ममता झा सदभावनामा प्रवेश

Mamata-Jhaकाठमाडौं, ६ असार । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी संविधानसभाको निर्वाचनमा समानुपातिकको सिट संख्या बढाउनु पर्ने माग गरेका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा महतोले सिट संख्याकै विवादका कारण निर्वाचनमा अवरोध हुने बताए । ‘समानुपातिकको सिट संख्या बढाउनु पर्छ,’ उनले भने, ‘अन्यथा त्यही विषयले विवाद आउछ ।’
यसैबीच, साझा प्रकाशनकी अध्यक्ष एवं महाप्रबन्धक ममता झासहितका नेता सदभावनामा प्रवेश गरेका छन् । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) छाडेर झा सदभावनामा आएकी हन् ।
तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका सप्तरी जिल्ला उपाध्यक्ष शंकर गुप्ता, एमाले निकट महिला संघकी केन्द्रीय सदस्य विमला भट्टराई, संघीय सदभावना पार्टीका रौतहट जिल्ला नेता शेख अब्दुल कलाम र कांग्रेस रौतहटका जिल्ला नेता हकिकुल्लाह पनि सद्भावनामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया