टिम चयाम्पियनसिप भोलिदेखि

Buddhichalकाठमाडौ, ६ असार । मनमोनहन स्मृति क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । मनमोहन स्मृति चेस एकेडेमीको आयोजानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ३० हजार रुपियाँ रहेको छ । विजेता टोलीले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ पाउनेछन् । तेस्रा हुनेले २० हजार रुपियाँ पाउनेछन् । चौथौले १० हजार रुपियाँ पाउनेछन् ।

त्यसैगरी, प्रत्येक बोर्डमा उत्कृष्ट खेलाडी चारजनालाई ५ हजार रुपियाँ प्रदान गरिनेछ । लिगकम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा स्विस लिग सात चरणको खेलमा उत्कृष्ट चारवटा टिमबीच नकआउट खेल हुनेछ । यस प्रतियोगिताका खेल साझा पार्टी प्यालेस, लगनखेलमा सञ्चालन हुनेछन् ।
प्रतियोगितामा आयोजक टिम, थ्री–स्टार क्लब, लुभु चेस क्लब, गजुरमुखी क्लब (इलाम), बत्तीसपुतली क्लब, ललितपुर जिल्ला बुद्धिचाल संघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको सहभागिता निश्चित भइसकेको छ । यसैगरी, मखन चेस क्लब, मच्छिन्द्र क्लब, काठमाडौं चेस क्लब, बुकास डट कम, गोल्डेनगेट क्लब, सुदेशा हाइस्कुल, ख्वप्रिङ चेस क्लब, चेस क्याफे बचत कोष भक्तपुर, मध्यपुर चेस क्लब, चोभार स्पोर्टस् क्लब, कास्की जिल्ला बुद्धिचाल संघको सहभागिता रहनेछ ।
विश्व बुद्धिचाल महासंघ फिडेको स्वीकृतिमा रेटिङसहित सञ्चालन हुने यो प्रतियोगिता नेपाल बुद्धिचाल संघको आधिकारिक राष्ट्रिय क्लब टिम च्याम्पियनसिप हुने कुरा यहाँहरूमा जानकारी गराउँदछौँ । साथै यस प्रतियोगिताको विजेता टिमले आगामी एसियन क्लब टिम च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि ४ लाख ५० हजार रुपियाँ खर्च लाग्ने बुधबार आयोजति पत्रकार सम्मेलनामा जानकारी गराइयो ।

प्रतिक्रिया