चिप्लिएर शेर्पा र विष सेवन गरी बस्नेतको मृत्यु

भक्तपुर : चिप्लिएर ढुंगामा ठोक्किएपछि खाल्डोमा जमेको पानीमा टाउको डुबी एक जनाको मृत्यु भएको छ ।
कोरियन नेपाल मैत्री अस्पतालनजिकै ओखलढुंगा–५ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–१५ बस्ने ४५ वर्षीय निमा शेर्पा भएको प्रहरीले जानकारी दिएको छ । शेर्पा नेपालटेलिकमा लाइन म्यानको रूपमा काम गर्दै आएका थिए । महानगरीय प्रहरी वृत ठिमीबाट प्रहरी टोलीले शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको र घटनाको समबन्धमा थपअनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जानकारी दिएको छ ।
यस्तै दुवाकोटकी एक महिलाले माइतीमा गएर विष सेवन गरी आत्महत्या गरेकी छिन् । दुवाकोट–२ घर भई सिपाडोल–१ सूर्यविनायक माइती भएकी ४२ वषीय दया खड्का बस्नेतले आत्महत्या गरेको महानगरीय प्रहरी प्रभाग भक्तपुर प्रवक्ता डिएसपी अभिनारायण काफ्लेले जानकारी दिए । उनले नोभान नामक विषादी सेवन गरी आत्महत्या गरेकी हुन् ।
विष सेवनपछि श्रीमान राजकुमार खड्का र बुबा माधवरसिंह बस्नेतले इवामुरा अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको थियो । पोस्टमार्टमका लागि भक्तपुर अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया