बस दुर्घटना हुँदा चार घाइते

राजविराज : सप्तरीको रूपनी राजविराज सडकखण्डअन्तर्गत सप्तरीको चार किलोमिटरस्थित मुसहरी टोलमा बुधबार बिहान मिनी बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
घाइते सबैको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ । राजविराजबाट लाहानतर्फ जाँदै गरेको लु १ ख ४१५८ नम्बरको बस सडकमा रहेको खाल्टो जोगाउने क्रममा अनियन्त्रित भई खेलमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा रायपुर–८ की ६० वर्षीया भासिदेवी यादव, ४५ वर्षीया रितुदेवी यादव, १४ वर्षीय सन्तोष पासवान र १४ वर्षीया भगवती कुमारी पासवान घाइते भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालक फरार रहेको प्रहरीको भनाइ छ । (सौस)

प्रतिक्रिया