‘प्लसटू’लाई प्रभावकारी अनुगमन गर्नु पर्छ

slcकाठमाडौं, ५ असार । शिक्षा सचिव सोमलाल सुवेदीले राज्य र सरोकारवालाहरुले प्रभावकारी अनुगमन गर्न नसक्दा गुणस्तरमा प्रभाव पर्ने गरी विकृति देखिएको बताए । उनले शिक्षा क्षेत्रको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताए ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा सुवेदीले उच्चमाविहरुले एसएलसी उत्तीर्ण भएपछि विदेशिने विद्यार्थीलाई रोक्न सफल भएको बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता महाशरण शर्माले अब सरकारले उमाविलाई माध्यमिक शिक्षालाई गरे जस्तै आर्थिक लगानी गर्ने जानकारी दिए । त्यसले गर्दा उमाविको भविष्य अझै उज्जवल हुने उनले विश्वास ब्यक्त गरे ।
उच्च माध्यमिक शिक्षा परिषदका सदस्य सचिव भीमलाल गुरुङले उमाविमा अन्य सरकारी क्याम्पस जस्तो राजनीति कम हुने भएपनि विकृतिहरु भने रहेको स्वीकारे । उनले उमाविमा रहेको विकृति रोक्न नसकिएको बताए ।

प्रतिक्रिया