सवारी दुर्घटनामा ४ घाईते

राजविराज, ५ असार । सप्तरीको रुपनी राजविराज सडकखण्ड अन्तर्गत सप्तरीको ४ किलोमिटर स्थित मुसहरीटोलमा आज बिहान (बुधबार) यात्रुबाहक मिनी बस दुर्घटना हु“दा ४ यात्रु घाइते भएका छन् । घाईते सबैको रायपुर स्थित यूनिक अस्पतालमा उपचार भईरहेको छ ।
राजविराजबाट लहानतर्फ जा“दै गरेको लु१ख ४१५८ नम्बरको यात्रुबाहक मिनी बस सडकमा रहेको खाल्टो जोगाउने क्रममा अनियन्त्रीत भई खेतमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा रायपुर ८ की ६० वर्षीया भासिदेवी यादव, ४५ वर्षीया रितुदेवी यादव, १४ वर्षीय सन्तोष पासवान र १४ वर्षीया भगवती कुमारी पासवान घाईते भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालक फरार रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया