दोलखामा लोक नाट्य उत्सव हुने

दोलखा, ५ असार । पर्यटकीय नगरी चरिकोटमा लोक नाट्य उत्सव हुने भएको छ । लोपउन्मुख लोक नाट्य संगीतलाई प्रचारप्रसार गरी संरक्षण गर्ने उद्देश्यका साथ यही असार १९ र २० गते सदरमुकाम चरिकोटमा लोक नाट्य उत्सव हुने भएको हो । उत्सवमा विभिन्न जातजातीको धार्मिक, साँस्कृतिक र रीतिरिवाज झल्किने किसिमका नाटक समावेश हुने नाटक विभागका प्रमुख तीर्थ थापाले बताए । थापाले लोक नाट्य प्रस्तुतपछि लोपउन्मुख संस्कृतिलाई संरक्षणका लागि भावि योजना बनाउन सहयोग पुग्ने बताए । दोलखामा लोक नाट्य उत्सव हुने भएपछि यहाँका सरकारी कर्मचारी, उद्योग व्यवसायी, समाजसेवी उत्साही भएका छन् । यस्तै, वरिष्ठ कलाकार मदनदास श्रेष्ठले लोक नाट्य क्षेत्रको संरक्षणका लागि राज्यले खासै चासो नदिरहेको अवस्थामा यो कार्यक्रम सञ्चालन गर्दा राज्यको समेत ध्यानाकर्षण गर्न सकिने बताए ।

दोलखामा फिल्म सिटी निर्माण कार्यअन्तिम चरणमा पुगेको बताउँदै त्यसको प्रचारप्रसारका लागि समेत यो कार्यक्रममलाई हिमाली दोलखामा आयोजना गर्न लागिएको वरिष्ठ कलाकार श्रेष्ठले बताए । यस्तै, दोलखाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उत्सवलाई सफल बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया