बाढी/पहिरो पीडितलाई राहतको माग

nc-office-sanepaकाठमाडौं, ४ असार । कांग्रेसले केही दिनदेखि देशका विभिन्न भागहरुमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारसँग सहयोगका लागि आग्रह गरेको छ ।
कांग्रेसले आज (मंगलबार) विज्ञप्ति जारी गरेर बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भएको भन्दै चिन्ता समेत जनाएको छ ।
महाकाली नदीमा आएको बाढीले दार्चुलाको सदरमुकाम खलंगाका सरकारी एवं सर्वसाधारण जनताका सयौं घरहरु बगाएकोमा पनि कांग्रेसले दु:ख व्यक्त गरेको छ ।
केही दिन यता परेको अविरल बर्षाका कारण सुदूरपश्चिमका जिल्लाहरु डडेल्धुरा र बैतडीमा महाकाली नदीले कटान गर्नुका साथै आसपासको क्षेत्रमा बाढीले प्रभावित बनाएको छ ।
कांग्रेसले हराइरहेकाहरुको तदारुकताका साथ खोजी गर्नुपर्ने, अविलम्व उद्धार गर्नुपर्ने, विस्थापित हुन पुगेका पीडित परिवारहरुको खाने, बस्ने प्रबन्ध, घाइतेहरुको उपचार, मृतक परिवारलाई उचित राहत दिनुपर्नेलगायतका माग सरकारसँग गरेको छ ।
संवेदनशील र सहानुभूतिशील भएर पीडित परिवारलाई उद्धार, राहत र सहयोग गर्न समेत कांग्रेसले आफ्ना नेता एवं कार्यकर्ताहरु तथा राजनीतिक दल, रेडक्रश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अघि, एमाओवादी, एमाले, नेकपा–माओवादीलगायतका राजनीतिक दल र संघ/संस्थाले विज्ञप्ति जारी गरेर सहयोगको लागि अपील गरिसकेका छन् ।

प्रतिक्रिया