बार्तामा आउन राजनीतिक समितिको आग्रह

4 dal ka ne ji haruकाठमाडौं, ३ असार । तीन प्रमुख दल एमाओवादी, कांग्रेस,  एमाले र मधेशी मार्चा सहभागी उच्चस्तरीय राजनीतिक समितिको बैठकले असन्तुष्ट दलहरुलाई वार्तामा आउन आग्रह गरेको छ ।
काठमाडौंमा आज बसेको समितिको बैठकले निर्वाचनको विकल्प नरहेको भन्दै वार्ताद्धारा समस्या समाधान गर्न आन्दोलनरत दलहरुलाई आग्रह गरेको हो । मधेशी मोर्चाका तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार संयोजक भएपछि बसेको पहिलो बैठकले हडतालले सर्वसाधारणलाई समस्या मात्र हुने आन्दोलनलाई छोडेर वार्तामा आउन जोड दिएको छ ।

यस्तै मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।
प्रमुख चारदलले स्वास्थ्य उपचारका लागि जापान जान लागेका राष्ट्रपति डा. रामवरण यादवको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
बैठकमा एक हप्ता लामो औपचारिक भारतभ्रमणबाट फर्किएका कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले भ्रमणका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया