बम विष्फोटमा ३० को मृत्यू

इराक । इराकको मध्य तथा दक्षिणी क्षेत्रमा भएका सिसिलाबद्ध कार बम विस्फोटमा ३० जनाको मृत्यू  भएको छ ।
अधिकारीहरुका अनुसार विस्फोट महमूदिया, नसीरिया र बसरा शहरमा भएका थिए ।
शिया समुदायको बाहुल्यता रहेका क्षेत्रमा विस्फोट भएको वीवीसीले जनाएको छ । पाकिस्तानमा पछिल्ला दिनमा शिया समुदायलाई लक्षित गर्दै विस्फोटका घटना भैरहेका छन् ।
इराकमा शिया समुदायको बाहुल्यता रहेको छ । त्यहाका प्रधानमन्त्री नू अल मलिकी पनि शिया समुदायकै हुन् । प्रधानमन्त्रीले आफूहरुलाई भेदभाव गर्दै आएको सुन्नी समुदायको आरोप छ । तर सरकारले भने कसैलाई भेदभाव नगरेको बताउदै आएको छ ।

प्रतिक्रिया