कलाकारिताबाट कमाएको चलचित्रमा लगानी

कलिलै उमेरमा अभिनयमा प्रवेश गरेका राज आचार्य दर्शकका नजरमा त्यतिबेला परिचित भए जतिबेला उनी हास्यश्रृंखला तीतो सत्यको अभिनयमा देखिए । विगत एकदशकदेखि तीतो सत्य अभिनयमा लगातार क्रियाशील राज स्पष्ट बोली र राम्रो अभिनयका कारण दिन प्रतिदिन चर्चित हँुदै छन् । हास्य कलाकारक रूपमा चिनिएका राजको अहिले परिचय थपिने क्रममा छ । अर्थात् उनी निर्माताको रूपमा पनि परिचित हँुदै छन् । होम प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र लभ फरेभरबाट राज निर्माताको रूपमा देखिएका हुन् । चलचित्र अहिले सम्पूर्ण प्राविधिक कार्य सकाएर प्रर्दशनको तयारीमा छ । चलचित्रको निर्देशन उनकै पिता शंकर आचार्यले गरेका छन् । चलचित्रमा उनको अभिनय पनि हेर्न पाइनेछ । प्रस्तुत छ चलचित्र निर्माणको अनुभव र अभिनयका विषयमा राजसँग सौर्यले गरेको कुराकानीका केही अंश :

कलाकारकाबाट चलचित्र निर्माता बन्दा कस्तो अनुभव हुँदो रहेछ ?
कलाकार भएर अभिनय गर्नुभन्दा चलचित्र निर्माण गर्नु धेरै अप्ठ्यारो कुरा रहेछ । तर, कला क्षेत्रमा २६ वर्ष बिताउनुभएका बुबासँग काम गर्दा खासै अप्ठ्यारो महसुस भएन । चलचित्रको विषयमा बुबा(शंकर आचार्य) र मेरो धेरै अगाडिदेखिकै Raj-Acharyaतयारी हो । दर्जनभन्दा बढी चलचित्रमा बालकलाकारका रूपमा काम गरेको अनुभव र लामो समय तीतो सत्यमा काम गरेको अनुभव चलचित्रमा उतारेको छु । स्क्रिप्ट लेख्दा नै हामीले धेरैपटक पुनर्लेखन गरेका छौँ ।
चलचित्र बनाउँदा गाह्रो महसुस भयो कि भएन ?
निक्कै नै गाह्रो महसुस भयो । बनाउनभन्दा झ्न गाह्रो प्रचार तथा प्रमोसनमा हँुदो रहेछ । जुन दु:खले चलचित्र बनाएका छौँ त्यहीअनुसार दर्शक हलमा ल्याउन सक्छौँ कि सक्दैनाँै त्यो हाम्रो चुनौती हो । लगानी गरेपछि प्रतिफल राम्रो होस भन्ने सबैमा हुन्छ । मेरो पनि चलचित्रबाट सो अपेक्षा छ । चलचित्र बनाउन गाह्रो भए पनि प्रतिफल राम्रो पाउँछु भन्ने विश्वास लिएको छु ।
निर्माता र कलाकारिता रोज्जुपर्दा कुन छान्नु हुन्छ ?
मेरो पृष्ठभूमि कलाकारिता हो । अहिले राज आचार्य जुन स्थानमा उभिएको छ, त्यो सबै कलाकारिताकै देन हो । यसकारण म आफूलाई पहिलो कलाकार अनि निर्माता भन्न चाहन्छु । कलाकार भएर अभिनयमा नछिरेको भए सायद चलचित्र लाइन आइँदैन थियो । अहिलेसम्म कलाकारितामा लागेर कमाएको जेजति रकम छ त्यो सम्पूर्ण चलचित्र निर्माणमा खर्च गरेको छु ।
लभ फरेबर कस्तो चलचित्र हो ?
नामलेनै प्रस्ट हुन्छ, यो एउटा प्रेम कथा बोकेको चलचित्र हो । परापूर्व कालदेखि नै चलचित्रमा हिरोइनका मामा भिलेन हुने चलन चलको छ । तर, यसले फेरिएको देखाएको छ । यस चलचित्रले दर्शकका सबै भावनालाई सम्बोधन गर्न खोजेको छ । चलचित्रमा नायिकालाई निम्फोमेनिया भन्ने रोग लागेको हुन्छ, जसका कारण उसलाई जतिखेर पनि सेक्स डिजायर हुन्छ । तर, फिल्ममा नायक पात्र पुरातनवादी सोचको भएकाले नायिकाको इच्छालाई पूरा गर्न सक्दैन । यस्तै कथामा एक्सन थ्रिलरमा चलचित्र निर्माण भएको छ ।
उमेरले पनि परिपक्व नभइसकेको व्याक्तिले सेक्स कन्टेनमा चलचित्र बनाउँदा अप्ठ्यारो लागेन ?
त्यस्तो अप्ठ्यारो लागेन । अहिले बजारमा बनिरहेकार प्रर्दशनमा आएका अधिकांस चलचित्रका कथा सेक्ससँग जोडिएका छन् । त्यस्ता चलचित्रका बीचमा हाम्रो चलचित्र पनि थपिएको हो । तर, हामीले अभद्रभन्दा पनि मर्यादिततवरले सेक्सका विषयलाई प्रस्तुत गरेका छौँ । सुपर ग्ल्यामर र शारीरिक प्रेम यसमा जोडिएको छ । परिवारका सदस्य सबैसँगै बसेर चलचित्रको कथा तयार पारेकाले एडल्ट सर्टिफिकेट पाए पनि चलचित्र परिवारसँग बसेर हेर्न सकिन्छ ।
सानो र ठूलो पर्दाको अभिनयमा भिन्नता छ त ?
करिब दश वर्ष सानो पर्दाको अभिनयमा बिताएकाले मलाई सानो पर्दाकै कमेडी भूमिका मनपर्छ । अभिनयका हिसाबले खासै फरक पर्दैन । दुबैमा अभिनय गर्ने हो । एउटै शैलीको भूमिकामा अभिनय गर्दा अलिक अप्ठ्यारो लाग्दो रहेछ । प्रभावकारिताका हिसाबले भन्ने हो भने ठूलो पर्दाभन्दा सानो पर्दा नै माथि छ ।
लगानी कर्ताको हिसाबले कलाकारका अभिनयबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टनै छु । बुबाले नायिका सुमिना घिमिरेलाई छान्दा सन्तुष्ट थिइन् । तर, बुबाको काम गर्ने शैलीप्रति विश्वस्त रहेकाले मैले असहमति जनाइनँ । सुमिनाले दर्जनभन्दा बढी चलचित्र खेले पनि मलाई लाग्छ ती चलचित्रभन्दा लभ फरेभरमा उनको अभिनय उत्कृष्ठ छ । गजित विष्ट र नीरज बरालले पनि नायकको रूपमा राम्रै अभिनय गरेका छन् । म आफैँले पनि चलचित्रमा रिसाहाको भूमिकामा अभिनय गरेको छु ।
चलचित्रको प्रमोसनमा नयाँ तरिका अपनाउनुभयो कि ?
असार १४ बाट चलचित्र प्रर्दशनमा आउँदै छ । त्यसैले यसको प्रसारप्रसारका लागि केही समय अगाडि पूर्वको भ्रमण गर्‍यौँ । स्थानीय सञ्चारमाध्यममा छायौँ । डिसिएनमार्फत विभिन्न हलमा प्रचारका लागि बनाइएका चलचित्रको प्रोमो पनि देखाउँदै छाँै । हामीले दर्शकसम्म सूचना पुग्ने गरी विभिन्न मिडियाबाट पनि प्रचारप्रसारको अभियानलाई तीव्र बनाएका छौँ । आशा छ, दर्शकले साथ दिनु हुनेछ ।
फिल्म चल्छ भन्ने कुरामा आशावादी हुनुहुन्छ ?
अहिलेको समयमा कुनै पनि चलचित्र चलेका छैनन् । त्यसैले गर्दा केही डर त लागेको छ । तर, राम्रो बनाएकाले चलचित्र हेर्न दर्शकको माउथ पब्लिसिटिले दर्शक बढ्ने छन् । एकपटक मात्र होइन दुई/तीनपटकसम्म दर्शकले हेर्ने आश लिएको छु । चलचित्र चलेन भने अर्को बनाउने अर्थ रहँदैन ।
चलचित्र नर्माणका अलवा अर्का केही सोच पनि बनाउनुभएको छ कि ?
१२ कक्षाको अध्ययन भर्खर सकाएँ । अब एक वर्षपछि अमेरिका जाने सोच बनाउँदै छु । त्यस बीचमा कलाक्षेत्रमै रहन्छु । तर, अमेरिका पुगेपछि के गर्ने हो त्यो निश्चित भइसकेको छैन ।

प्रतिक्रिया