सरसफाइ अभियान सम्पन्न

राजविराज, ३ असार । सन् २०१६ सम्म जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने पूर्वतयारी स्वरूप सुरु भएको दुई दिने सफसफाइ महोत्सव आइतबार सम्पन्न भएको छ । ‘सबै जनता सबै दल, सरसफाइमा लगाऔँ अझै बल’ भन्ने नाराका साथ जिविस सभाहलमा सञ्चालित महोत्सवको क्षेत्रीय सरसफाइ डिभिजन कार्यालय धनकुटाका सिनियर डिभिजनल इञ्जिनियर चोकप्रसाद धितालले गरेका छन् ।

समापन मारोहका प्रमुख अतिथिसमेत रहेका धितालले खुला दिसापिसाबका कारण धेरै व्यक्ति रोग लागेर प्रभावित हुने गरेको भन्दै सप्तरीलाई खुला दिसामुक्त क्षेत्र घोषणामा सबैको सहयोग आवश्यक रहेको बताए । शौचालयलाई व्यवस्थित गर्न नसकेका कारण नेपालमा बेलाबखत विभिन्न प्रकोप फैलने गरेको भन्दै उनले शिक्षित र बौद्धिक व्यक्तिको बसोबास रहेको सप्तरी नै खुला दिसामुक्त घोषणाका लागि उदाहरण बन्नु पर्ने तर्क गरे । कार्यक्रममा वातावरणीय सरसफाइ प्रमुख रामचन्द्र साहले सरसफाइ सम्बन्धी गुरूयोजनाका मार्गदर्शक सिद्धान्त, कार्यान्वायनका कारण र अनुगमन, सप्तरीको अवस्थाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया