गृहजिल्लामा भोट माग्दै अध्यक्ष दाहाल

prachand33चितवन, १ असार । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अबको बीस बर्षमा नेपाल समृद्ध मुलुक बन्ने दावी गरेका छन् । संविधान सभाको निर्वाचनमा एमाओवादीलाई जनताले दुई तिहाई मत दिने दावी गर्दै दाहालले ५ बर्षसम्म बलियो सरकार निर्माण भए देशले समृद्धिको बाटो पहिल्याउने दावी गरे ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको चौथो राष्ट्रिय सम्मेलनको आज पूर्वी चितवनको खैरहनीमा उद्घाटन गर्दै दाहालले हेटौडा महाधिवेशन पछि पार्टीमा जनलहर बढेकाले निर्वाचनमा फेरी पनि जनताले माओवादीलाई साथ दिने विश्वास व्यक्त गरे । ‘माओवादीले दोश्रो निर्वाचनमा पनि बहुमत ल्याउने डरले पार्टीलाई कमजोर बनाउन हजार किसिमका षड्यन्त्रहरु भईरहेको छन्,’ दाहालले भने–मंसिरको निर्वाचन भाड्न मिडियाहरुलाई समेत परिचालन गरेका छन् ।
उनले माओवादीको परिवर्तनको एजेन्डालाई निस्तेज पार्ने योजनामा देशी विदेशी तत्वहरु सक्रिय रहेको आरोप लगाए ।

प्रतिक्रिया