आत्मकथामा विचरण

Madhav-SayaPatri‘आन्दोलनको पहाड उक्लेको बेला डरको घर होचो हुँदोरहेछ ।’
गौरा प्रसाईंले आफ्नो आत्मकथा ‘मेरा जीवनका पाना’ मा आºनो जीवन भोगाइको बिस्कुन कलात्मक किसिमले फिँजाएकी छन् । सेतो कागजरूपी गुन्द्रीमा उनका अक्षररूपी बिस्कुन अति नै सुन्दर लाग्छन् । तिनले पाठकको मनमा विद्रोह पनि ल्याइदिन सक्छन् र मन पगालिदिन पनि सक्छन् । जब शब्दहरू मनसँग टाँसिन्छन्, साटिन्छन्, प्रतिक्रियामा आँसु भएर प्रतिफल निस्किन्छ ।
फरक–फरक लेखकका कति आत्मवृत्तान्त पढिए, सबै सम्झिन सकिन्न । लाग्यो, भोगाइमा चुर्लुम्मै डुबेर लेखिएका अक्षरहरूले नै मनलाई समात्दोरहेछ । अँठ्याउँदोरहेछ र पगाल्दोरहेछ । पञ्चायती क्रूर शासकको बाघे पञ्जादेखि जोगिँदै किशोरवयमै रातारात संगठन गर्नसक्ने गौराको खुबी तारिफ गर्नलायक छ । सानैमा बिहे गरिदिन लाग्दा मानेको भए सायद उनको यो स्तरको इतिहास रहने थिएन होला । प्रहरी प्रशासनलाई छल्ने जुक्ति अचम्मको छ । शत्रुपक्षबाट बच्ने ट्रिकमा त जादु नै छ । कालकोठरी र वेश्यालयबाट कसरी उम्किन सकेको ? उनले पाएको यातना शब्दमा मात्रै पढ्दा पनि आºनै नङमा आलपिनले घोचेजस्तो हुन्छ । मान नदी तर्दा छोरी पिठ्यँुमा बोकेको र ६ सय मिटर बगाएको कुराले आङै सिरिंग हुन्छ । धन्न भैँसी हेर्ने बाले डोरी ºयाँकिदिएछन् र उनी र उनकी छोरीको जीवन सकिएनछ । त्यो नाटकीय यथार्थले रौँ नै ठाडा भए । रोगले शरीर जराजीर्ण बनाउँदा पनि आºनो कार्यमा लागिरहनु ठूलो त्याग हो ।
गौराले आºनो जीवनका पानामा आºना क्रूरतम भोगाइ र समयले जीवनमा डसेका डामहरू क्यानभासमा पोतिएका सफा, स्निग्ध चित्रजस्तै गरी चित्रित गरिदिएकी छन् । त्यो उनको हदैसम्मको साहस पनि हो । वेश्यालयमा बेचिएर पनि उम्किन सक्ने, उम्किएर पनि पार्टीजीवन र सिद्धान्तमा आºनो जीवन खोज्ने गौराको अठोट वीराङ्गनाको जतिकै छ । छोरी छाड्ने कि पार्टी छाड्ने ? पार्टी छोड्दा जीवनकै लगानी खेर जाने र छोरी छाड्न मातृवत्सल हृदय चर्चरी चिरिने । एउटी आमाले आºनै रगतको अंशलाई कसरी परित्याग गर्न सक्छे ? उनले आºनो इतिहास निर्माणमा जुन दर्दनाक अवस्था गुजारेकी छिन्, त्यो नेपाली नारीहरूकै विरासत हो भन्ने लाग्छ ।
सामान्यभन्दा फरक भोगाइ भोगेका मानिसले लेखेका पुस्तक बढी शक्तिशाली हुँदा रहेछन् । जीवनी र आत्मवृत्तान्तले मन पगाल्दा रहेछन् । जीवनमा सकारात्मक प्रभाव छाड्न सक्दा रहेछन् । झमकको ‘जीवन काँढा कि फूल’ पढ्दा पनि आँसु थाम्न गाह्रो परेको थियो । उनले आºनो जीवन भोगाइलाई अक्षरमा उदांगो बनाइएकी छन् । अपांग हुनुको पीडा पोखेकी छन् तर सवलांग भएर । उनले आºनो आत्मकथा लेख्दा कति आँसु पोखिन् होला ! तारा राईको ‘छापामार युवतीको डायरी’ ले पनि कम उद्वेलित बनाएको थिएन । बन्दी जीवन भोगाइको मर्मस्पर्शी वृत्तान्त छ त्यसमा । आनी छोइङ डोल्माको ‘फूलको आँखामा’ ले पनि आँखाभरि आँसु भरिदिएको थियो । रक्सी खाएर आनीको आमालाई उनका बाले पिटेको र उनलाई हेला गरेको पढ्दा आनीको बालाई भेटेको भए मै पनि दुई/चार लौरा हान्थेँ हुँला । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि उच्च मनोबल बोकेर आनी अगाडि बढिरहिन् । घर छाडेर उनी ‘बुद्धम् शरणम् गच्छामि’ भइन् । आज नेपालमा मात्र होइन, संसारका धेरै मानिसले आनी छोइङलाई चिन्छन् । उनको सामाजिक कार्यको सह्राहना गर्दै लोककल्याणकारी कार्यमा सहयोग गर्न आतुर छन् ।
सुकन्याको ‘अनुभव पारिजातको कलम सुकन्याको’ ले पनि भावविह्वल बनाएको थियो । साहित्यकार पारिजातले आºनो उपचार गराउँदा र जीवनमा बटुलेका अनुभव उनकै बहिनीको कलमबाट थाहा पाइयो । किताब पढ्दा बगेका आँसु सँगालेर राखिएन । राख्ने कुरा पनि भएन । बगेको आँसुको मूल्य म कोसँग माग्न सकिन्छ र !
आ–आºना भोगाइ सबैका हुन्छन् । दर्शन, सिद्धान्त, विचार, परिवेश पनि आ–आºनै हुन्छन् । सबैले आºना भोगाइमा कला भरेर व्यक्त्याउन सक्दैनन् । जब जीवन भोगाइमा कला भरेर अक्षर कुँदिन्छ, त्यो अब्बल दर्जाको साहित्य बन्दोरहेछ । अक्षरहरू मनसँग निर्वाध खेल्न सक्छन् भने त्यो साहित्य नै दीर्घजीवी हुँदोरहेछ । अक्षर र वाणीमा के त्यस्तो शक्ति हुन्छ, जसले मनलाई आवेगमा ल्याउँदछ र छिनभरमै मैनभैँm पगाल्छ !
रामचन्द्र अधिकारीलिखित ‘प्रजातन्त्रका महासेनानी विश्वेश्वरप्रसाद कोइराला’ पढ्दा केटाकेटीमै ममा विद्रोहभाव जन्मेको थियो । विश्वेश्वरको ‘आत्मवृत्तान्त’ र ‘फेरि सुन्दरीजल’ निकै पछि पढेँ । नेता त्यसै बन्दैन रहेछ । निकै त्याग गर्नुपर्ने रहेछ । नेतामा केही ‘एक्स्ट्रा अर्डिनरी क्यारेक्टर’ हुन्छ भन्ने कुराको बोध भयो । साँच्चै, अक्षरको शक्ति बन्दुकको भन्दा बलियो हुँदोरहेछ । स्कुले वादविवादमा कलमले नै तरबारलाई काट्थ्यो नि !
कर्ण शाक्यको ‘सोच’ ले धर्धरी रुवाएको छ । उनीमाथि बज्रपात परी परिवारका सदस्यलाई क्यान्सरले लैजाँदा पनि विचलित भएनन् उनी । बरु उनले शोकलाई शक्तिमा बदलेका छन् । ‘एक रुपियाँ देऊ’ उनकै अभियानले क्यान्सर अस्पताल बन्यो । दु:खबाट भोगेर हैन, दु:खसँग लडेर उद्देश्य प्राप्तिमा लाग्नुपर्छ । त्यसैमा त रै’छ नि † जीवनको सार्थकता ।
नारायण सुवेदीको ‘१०० दिन माओवादी कब्जामा’ ले आºनै मन कब्जामा राख्यो । सय दिनको भोगाइको पाईपाई हिसाब देखाएर लेखिएको किताब हो त्यो । सायद उनले एक शब्द पनि ढाँटेका छैनन् होला । अपहरणको अवधिभर उनका लागि खर्च भएको पैसा किताबको आवरणमै दिइएको छ । सुवेदीको सय दिनको भोगाइ कठिनै भए पनि हिसाब–किताबको कुरा निकै रमाइलो छ नि ! जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ मा एउटा पदावली ‘जीवन एक धर्सो….’ ले हामी बाँचिरहेको भनेको जीवन एउटा धर्सो मात्रै त होइन ! जुन, जुन बेला पनि मेटिनसक्छ । जीवनको आवृत्ति एक धर्सोभन्दा पर छैनजस्तो लाग्यो ।
आत्मवृत्तान्त पढ्दाको अनुभूति नै छुट्टै हुँदोरहेछ । १५ वर्ष जापानको काराबासमा दर्दनाक समय बिताएर छुटेका निर्दोष गोविन्द मैनालीको ‘परिबन्दका १५ वर्ष’ र ‘चिना हराएको मानिस’मा हरिवंश आचार्यलाई पढ्दै छु । हेरौँ, पढ्दै गरेका किताबका अक्षरहरूले अनुभूतिको कति गहिराइसम्म डुबाउँदोरहेछ र आँसु झार्दो रहेछ !

प्रतिक्रिया