तन्नेरी बूढाहरू

RishiRam-Timsinaपाकेर रातै भएको फलझैँ गरी घाम डाँडापारि भर्खरै फत्रक्क खसेको छ । सिरानगाउँको लहरे चौतारोमा वरपरका बूढाहरू भेला भइसक्ने बेला हो यो । हुन त यहाँ लहरे चौतारो होइन लहरे वरका रूखहरू छन् । तर, गाउँलेले यहाँ रहेको पुरानो चौतारोलाई नै लहरे चौतारो भन्ने गरेका छन् । विज्ञहरू हत्तपत्त गाउँ पुग्दैनन्, छुसी भाषाविज्ञहरूको अब केको डर ? सायद चौतारै नभएको मार्टिन चौतारीमा गफिन या पिपलै नभएको पिपलबोट डटकमको सम्पादनमै उनीहरू व्यस्त होलान् । कम्तीमा गाउँ स्वतन्त्र छ आºनो भाषा बोल्न । र, हरेक बेलुका यसरी नै जुट्छन् गाउँका बूढाहरू मानौँ यो उनीहरूको ‘रिपोर्टर्स क्लब’ हो ।

‘हैन सन्दीपे कता गो हँ आज ?’ उपस्थित बूढाहरूबीच संवाद सुरु हुन्छ । सत्तरीको आसपासमा छ उनीहरूको उमेर । तर, बालसखा भएकाले यो उमेरमा पनि एकअर्काको नाउँ बोलाउँदा एकलखे झुन्ड्याउन छाडेका छैनन् । यो संवाद निकै अप्ठ्यारो सुनिन्थ्यो होला उनीहरूका छोरा, नाति/नातिनाका अघि । तर, उनीहरू उन्मुक्तसँग यो शैलीमा बोल्छन् यहाँ । कारण यहाँ केवल बूढाहरू मात्र भेला हुन्छन् । ठाडो चन्दन लाएका बूढाको प्रश्नले हावामा कावा खाएको निकैबेर भइसक्छ । उपस्थित तीन बूढाहरूमध्ये दुईका आँखा चौतारो नजिकैको ओह्रालो झर्दै गर्दा तेस्रो बूढो एकोहोरो खोक्न थाल्छ । ‘होइन नयाँ साल देख्दैन कि क्या हो यो गुरुङले ?’ अर्को बूढोले उरन्ठेउलो वाक्य ओकल्छ । तर, वरपरका वरका रूखमा बास बस्न तरखरमा रहेका चराचुरुंगीको चिरबिरले ध्यान खिचेजस्तो देखिन्छ गुरुङको । ऊ माथिको हाँगामा बसिरहेका एकजोडी ढुकुरलाई नियाल्छ केहीबेर । बरु त्यही हाँगाको केही पर झुस्स भुत्ला फुलाएर बसेको अर्को एक्ले ढुकुरलाई हेरेर भने ऊ निकैबेर टोलाउँछ ।
चैत लाग्यो भनेर मात्र भो र ? त्यो बिरामी ढुकुरलाई झँै, घाम अस्ताएपछि गाउँको पुछारमा रहेकाले उति खोलाबाट उठेको स्याँठले पनि बूढालाई छोएको हुन सक्छ । तर, बाल्यकालदेखिका साथीसँगै हुनुको मजै त यही छ, धन्य गुरुङ बूढाबाट केही नराम्रो जवाफ आउन्न । बरु कुराको प्रसंग त्यहाँ नआइपुगेको सन्दीपेतिरै मोडिन्छ ।
‘त्यो हिजो पनि ढिला आ’थ्यो ।’
‘अस्ति त आउँदै आएन नि सन्दीपे ।’
‘खै अझै पनि गाईभँैसी भनेर किन हत्ते हाल्या हो तेल्ले ?’
‘किन नानाथरी आभ्योग लाउचौ हँ सन्दीपेलाई । उसको जाहान ओछ्यान पर्‍या’छ, आउँदै होला नि बिचरो †’
सबै बोलेपछि गुरुङ बूढाको कफ जमेको घाँटीबाट यति कुरा बाहिर निस्कन कम्ती मुस्किल पर्दैन । ऊ फेरि एकोहोरो खोक्न थाल्छ । नभन्दै अब टुप्लुक्क आइपुग्छ, सबैले खोजेको उनीहरूको सन्दीपे अर्थात् जमानामा स्थानीय विद्यालयमा नेपाली विषय पढाउने गुरु सन्दीपमणि त्रिपाठी । कसैलाई चिसोले समात्या’छ, यै चौतारोमा । तर, सन्दीप बूढा भने बाहिरपट्टि लगाएको इस्टकोट फुकाएर चौताराको अढेसमा राख्छन् । र, यसरी अढेसिन्छन् कि चौतारामा मानाँै उनी साह्रै लखतरान छन् । ‘यी दुई माउ गाईले पनि हैरानै पारे बा । एउटा लैनो छ, अर्को ब्याउने । एउटा बेचाँै न भन्यो, अर्को थाक्ता रोगी बूढीलाई के ख्वाउने ? बिहानदेखि खोलेफाँडो, तिनीहरूलाई घाँस–परालसँगै बूढीको औषधि र हेरचाह । उफ † म त सधैँ मध्य असाराँजस्तो गरी थाक्छु बा ।’ सन्दीप बूढाले आँखा बन्द गरेर आºनो व्यथा कहँदै गर्दा गुरुङ बाको आँखा उनको अनुहारमा दौडन्छ । परिश्रम र उमेरले चपाएको उनको अनुहारका चाउरीहरू एकाएक करिब साठी वर्षअघिको त्यै कलिलो सन्दीपमणि त्रिपाठीमा फेरिन्छन् ।
यो त्यै चौतारो हो जहाँ त्यही वयको तुलबहादुर गुरुङ सन्दीपलाई कुरिरहेको हुन्थ्यो । सन्दीप पण्डित खलकको एक्लो नाति । तर बाबु, बाजे भागवत पाठ गर्न टाढा–टाढा गइरहने हुँदा सानैदेखि ऊ व्यवहारमा परेको थियो । त्यतिखेर पनि त पाठशाला हिँड्न ढिलो गर्ने त उही हो नि † भन्थ्यो, तरकारी पाकेर भात खान कहिल्यै भ्याएन उसले । कसौँडीमा भात भर्सिनेबित्तिकै तातो ओलनमा मुछेर हत्तपत खाएर झोला टिपेर दौडन्थ्यो चौतारोतिर । धन्न कुनै औपचारिक पोसाक फेर्ने झ्याउलो थिएन, पाठशाला जान । घरमै बस्दा लाउने कमेज–सुरुवालमाथि एउटा काँधे झोला थपे त भइगयो । कहिले त पुछारघरे थापाकाजीको छोरो रणध्वज र बराल बाहुनको कान्छो छोरो रामप्रसाद पनि भेला भइसकेका हुन्थे त्यो चौतारोमा । तर, सन्दीपे नआई गुरुङको डेग चले पो ? त्यसो त सन्दीपको दैनिक सहयोग पनि कहाँ कम थियो र ? पाठशालाको पढाईको भरमा त गुरुङले कहाँ आठ कक्षासम्म पनि देख्न सक्थ्यो र ? पाठशालामै या बेलुका टुकीको उज्यालोमा घरमै गुरुङलाई पाठ बुझाउन सन्दीपले सघाउँथ्यो । तर, आठ कक्षा पुगेको महिना दिनमै तुलबहादुर गोर्खा भर्तीमा गयो । म्याट्रिक सकेपछि सन्दीपले स्थानीय फलाँटे निमाविमा पढाउन सुरु गर्‍यो । रणध्वज त काजीको छोरा, तराईमा त्यत्रो मौजा थियो । के को म्याट्रिक दिनु, केको जागिर खानु ? बरु उमेरमै दुई–दुईवटी स्वास्नी ल्यायो र मोज गरेर काजी रवाफमा पहाड/मधेस गर्दै जीवन बितायो । रामप्रसाद बरालले भने म्याट्रिकपछि गौँडाको भूमिसुधार अड्डामा जागिर खायो ।
भनिन्छ, बाल्यकाल र किशोरवयमा समय र साथीको खाँचो हुँदैन तर खल्तीमा खर्चको उत्रो जोहो हुन्न । बयस्क हुँदा खर्च गर्ने सामथ्र्य र केही साथी पनि हुन्छन् तर समय हुन्न कोहीसँग । बुढेसकाल लागेपछि समय र केही खर्च गर्नसक्ने हैसियत त हुन्छ नै तर आºना पुराना हितैषी पाउन मुस्किल हुन्छ । नियतिको यो खेलमा यी पुराना साथीहरू भने भाग्यमानी थिए । समयका भंगालासँग आ–आºनै तरिकाले हेलिए पनि यो उमेरमा आइपुग्दा भने उनीहरू फेरि एकपटक सँगै थिए । कसैका पनि छोरा छोरी नै गाउँमा थिएनन्, अब नातिनातिनाले कसरी हजुरबाउ पच्छ्याउन् ? बूढाहरू मात्र यसरी नै हरसाँझ यहाँ जुट्थे । र, गफिन्थे घन्टौँ– अतितका कुरा खोस्रिएर, साहस र लडाइँका मोर्चा सम्झिएर या उहिल्यै तरुनी जिस्क्याउँदाको उत्तेजनामा बुढेउलीले सुकेका आºना तिघ्रा ठटाएर ।
तर, सन्दीप बूढाको आजको यो थकानले उनीहरूको कुराकानीको त्यो उपक्रमलाई केही बिथोलिदिन्छ । ‘मैले त बूढीलाई यत्रो दु:ख गरेर गाईवस्तु पाल्ने झन्झट नगरौँ भनेर मनाएँ । हातमा गाईको गोबर नगनाउँदा भातै रुच्दैन भन्दैथी, भनिरहोस् ।’ आजको कुराकानीमा रामप्रसाद बराल नै अलि बढी अग्रसर थिए । उनले फेरि थपे, ‘अब यी अस्ति छोरा/बुहारी र नातिनातिना भेट्न अमेरिका जाँदा पनि कति ढुक्क भो ? ढ्याप्प ढोका लायो हिँड्यो । अझ मैले त उतै बसौँ भनेको त्यही बूढी मानिनँ । बोल्ने साथी पाइन रे, कतै आफूखुसी ºयाट्ट हिँड्न नपाएर कुजिइ रे †’ हुन त करिब एक वर्षअघिको रामप्रसादको अमेरिका यात्राको बखान अरूले दर्जनौँपटक सुनिसकेका थिए । गुरुङलाई त आज खोकी लाग्यो, सन्दीपमणि थाक्यो तर सधैँ सानसँग कुरा सुरु गर्ने रणध्वज पनि चुपचाप हुँदा रामप्रसादलाई फेरि एकपटकलाई मौका जुर्‍यो । ‘यति फराक बाटो, कति सफा ठाउँ । मान्छे नि मान्छे , ओ हो †’ सधैँझैँ बूढाले अब सुपरमार्केटमा काम गर्ने आºनो इन्जिनियर छोराको तलब, छोराले काठमाडौंबाटै टिपेर उता पुर्‍याइएकी ग्यास स्टेसनमा काम गर्ने बुहारीको फुर्ती र कलिलै नाति/नातिनाको फरर अंग्रेजीको एक राउन्ड व्याख्या नसकी अरूको पालो नआउने पक्का थियो ।
सधैँझैँैं रामप्रसादको यस्तो व्याख्या सुन्नमा गुरुङ बूढालाई कुनै चाख थिएन । गोर्खा पल्टनमा छँदै चहारेको हो उसले ती सारा मुलुक । मलाया, सिंगापुर, जापान, हङकङ कहाँ पुग्या छैन र ऊ ? रिटायर्ड भएर गाउँमै बसिरहेको बेला ºयाट्ट पेन्सनरहरूका लागि भनिएको गुर्खा सेटलमेन्टको हुइयाँ लागेर चार वर्षअघि ऊ फेरि दुई वर्ष बेलायत बसेर पनि त आको हो नि । तर पछिल्लो चोटिको उसको बेलायत यात्रा ऊ सम्झन चाहन्न । छोरो हङकङ आइडीमा उतै सेटल भो । पढ्न भनेर अस्ट्रेलिया हान्निएकी एक्ली छोरीले उतैको कुइरेसँग घरजम गरेपछि खै कुन रनाहामा हो गुरुङ बूढो बेलायत जान तम्सियो ।
गुरुङसेनी त कहाँ तयार थिई र त्यो उमेरमा बिदेसिन † तर, आºनो कुरामा सहमत गराउन अझै पनि मुक्का उज्याउने खरो गुरुङ बूढाको अघि कसको के लाग्थ्यो र ? लन्डन नजिकैको अल्डरसट सिटीको त्यो बसाइ, बूढी सुरुमै न्यास्रिई । कति हेर्नु त्यो टिभी ? फेरि घन्टैपिच्छेको बिल चढ्छ । पचासौँ वर्ष भो सँगै गुजारेको, बूढाबूढीबीच गर्न र बोल्न बाँकी अब के छ र ? बाहिर जाउँ, भाषाको समस्या छ । बोरुघ स्ट्रिटको पार्कमा जाउँ, आफूजस्तै बिलखबन्धमा परेकाहरूको बिलौना कति सुनौँ । यसरी नै हुँदा बस्ता दुई वर्ष बित्यो ।
त्यसपछि त गुरुङसेनी थलै परी । औषधिमूलो नि: शुल्क त छ नि, तर बूढी अस्पताल जान माने पो † मात्र गाउँ फर्काइदेऊ भन्ने घिडघिडो थियो उसको । एकदिन त गुरुङ बूढाले बिहान ब्युँझँदा थाहा पायो बूढी त अघि नै चिरनिद्रामा थिई । केको आºनो थितिअनुसारले सदगति गर्न पाइनु ? फेरि कति महँगो हो मान्छे गाड्नलाई त्यहाँ ? जीवनमा कोहीसँग केही कुराका लागि कहिल्यै हात नफैलाएको गुरुङ बूढाले चन्दै स्विकार्नुपर्‍यो बूढी थन्क्याउन । गहिरो चोट थियो उसको मनमा । उमेरमा अरूको माटोको रक्षा गर्ने भाडाको सिपाही मात्र रहेछ ऊ । चिरनिद्रामै सही, आºनी बूढीलाई आºनै माटो दिन उसले सकेन ।
त्यही भएर होला गुरुङ बूढो एक्लै गाउँ फर्किएपछि आजकल मर्नुअगावै चिहानको बन्दोबस्त गर्नेहरूको कुनै गुणगान गाउँदैन । बरु रामप्रसाद यसरी फतफताउन थालेपछि ऊ कतै टहलिन्छ या झोक्रिन्छ । ‘आज फेरि फरक भइस् नि, तुलबहादुर ?’ बल्ल वाक्य फुट्छ रणध्वजको अब । ‘किन एक्लो ठान्छस् अझ ? ई हाम्रो पनि कसको नै छोरा नाति हामीसँग छन् र ? हामी सब तन्नेरी बूढाहरू हाँै । हाम्रो भर तँलाई, तेरो भर हामीलाई । बस, केको चिन्ता अब ?’
रणध्वजले यति भनिनसक्दै चौतारोबाट कोही खसेको जस्तो आवाज आउँछ । सबैको आँखा गुरुङ भएतिर सोझिन्छन् । ‘हाव, रामप्रसाद त ढल्यो त †’ पहिले गुरुङ नै चिच्याउँछ । तिनै भाइ रामप्रसादलाई सम्हाल्न पुग्छन् । तर, कहाँको चौतारामै बसाउन भ्याउनु अब ? श्वास चलेको छैन । शरीर स्थिरप्राय देखिँदा, रामप्रसादको अघि नै चोला उडिसकेजस्तो लाग्छ । ‘हाउ हाट आट्याक पो जस्तो छ त ।’ गुरुङ आत्तिँदै आºनो हात रामप्रसादको छातीतिर दौडाउँछ । त्यति नै खेर लडिरहेको रामप्रसादको कमिजको गोजीबाट सानो सिलोट पाटीजस्तै चेप्टो, पातलो हाते फोन भुनभुनाउँदै भुइँमा झर्छ । ‘ई उसकै छोराको फोन आएको रहेछ ।’ स्क्रिनमा आएको रामप्रसादको छोराको फोटोतिर तीनै भाइको आँखा जान्छ । तर, कसैलाई फोन उठाउन आए पो † देश खाएर शेष भएको भनेर के गर्नु ? गुरुङले पनि फोन उठाउन सक्दैन । ‘हाउ आर्को खालको भा’पो, यो त आइफोन कि के जाति पो भन्ने रे’छ †’
हारगुहार गर्नलाई पनि अब गाउँमा को नै हुन्छ र ? केही बेरमा तीन बूढाले रामप्रसादलाई कसैले टाउको, कसैले हात र खुट्टामा समाएर झुन्ड्याउँदै चौतारोबाट ओह्रालो झार्छन् । तल लेउती खोलामा स्यालको हुइयाँ चलेपछि माथि गाउँमा कुकुरहरू ठूलो कोलाहल गरेर भुक्न थाल्छन् । सिरान गाउँको यो विपत्तिमा यिनिहरू रमाएका हुन् या आत्तिएका भनेर छुट्टयाउन भने गाह्रो हुन्छ ।
[email protected]

प्रतिक्रिया