विनाफल

Gita-Mainaliविनाफलको फूल म,
फुलिदिएँ ढकमक्क ।
बास्ना छरिएन कतै पनि,
मस्त छु तर म त ।
अनावश्यक फूल म
दिन–रात फुलिदिन्छु ।
रोकावट छैन कसैको
जताततै झुलिदिन्छु ।
काँडा छैनन् कतै पनि
फुलिदिन्छु पातसरि ।
लोभी नजर पर्दैन ममा
ढकमक्क छु सधैँभरि ।
काँडाबीच फुल्ने गुलाफ
महँगो छ सधैँभरि
हिलोमा फुल्ने कमल
महत्व झन् सधैँभरि
सम्पूर्णताको प्रतीक म
आफन्त छन् पदचापहरू
महत्त्व र मूल्य छैन मेरो
त्यसैले म अमूल्य छु ।।

प्रतिक्रिया