सानो कुकुर, लामो बिरालो

Worlds-Smallest-Dog-in-the-तपाईं घरपालुवा जनावर पाल्न कत्तिको सौखिन हुनुहुन्छ ? हुनुहुन्छ भने यिनीहरूबारे जानकारी पनि राख्नुहुन्छ होला । कुकुर र बिरालो विश्वमा सबैभन्दा बढी पालिने घरपालुवा जनावरमा पर्छन् । त्यसो त कुकुर र बिरालोको सम्बन्धलाई एकआपसमा कहिल्यै नमिल्ने प्रवृत्तिसँग जोडेर पनि व्याख्या गरिन्छ । तपाईंलाई थाहा छ, विश्वकै सबैभन्दा सानो कुकुर कुन हो ? गिनिज वल्र्ड रेकर्ड्सका अनुसार चिहुआहुवा बुबु नामक कुकुर्नी सबैभन्दा सानो हो । ४ वर्षको उमेरकी यो कुकुर्नीलाई विश्वकै सबैभन्दा सुन्दरी कुकुर्नी पनि भनिएको छ । सानो तर चिटिक्क परेको शारीरिक बान्कीकी यो कुकुर्नीको हाइट जम्मा १०.१६ इन्च छ, अनि तौल ६ सय ८० ग्राम मात्र ।
त्यसै गरी अमेरिकाको स्ट्वी नामक बिरालोलाई विश्वकै सबैभन्दा लामो घरेलु बिरालो मानिएको छ । धूवाँजस्तो कलरको यो बिरालोको नाकदेखि पुच्छरसम्मको कुल लम्बाइ १२३.२ सेन्टिमिटर थियो । क्यान्सरले ग्रस्त यो बिरालो केही दिनअघि मरिसकेको छ । (एजेन्सी)

प्रतिक्रिया