गंगापरस्पुरका सेवाग्राहीबीचमा छलफल

देउखुरी : चेतना क्लब बिजौरीको आयोजना एवं अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग संस्था सेसीको सहयोगमा गंगापरस्पुर गाविसका सेवाग्राहीसँगको अन्तरक्रिया कार्यक्रम शनिबार सकिएको छ । गाविसले प्रदान गर्ने हरेक सेवासुविधा प्रभावकारी रूपमा सेवाग्राहीसम्म पुग्ने वातावरणको निर्माण गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ४० जना सेवाग्राही सहभागी थिए । सो अवसरमा सामाजिक जवाफदेहिता अभ्यासकर्ता सालिकराम कालाथोकीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण गिरिराज भट्ट र वसन्तराज देवकोटाले संयुक्त रूपमा गरेका थिए । (सौस)

प्रतिक्रिया