लालमटिया गाविस बालमैत्री

देउखुरी : लालमटिया गाविसलाई बालमैत्री गाविस बनाउन सामुदाय तथा निजी विद्यालयमा बालविवाह नियन्त्रणसम्बन्धी किशोरका लागि सचेतना तालिम अभियानलाई तीव्र पारिएको छ । २६ जेठ गतेदेखि सुरु भएको अभियानले हालसम्म ४ वटा सामुदायिक विद्यालयमा सचेतना तालिम चलाउनुका साथै किशोरी समूह गठन गरिएको छ ।
बालमैत्री गाविस लागू भइसकेको लालमटिया गाविस जिल्लाको बालविवाह प्रभावित गाविसको तेस्रो स्थानमा रहेको छ । गाविसमा मात्र हालसम्म ५० बढीको बालविवाह भएको गाविसले जनाएको छ । बालमैत्री गाविस बनाउन बालविवाह नियन्त्रण पहिलो कार्य भएको गाविस सचिव टेकबहादुर खड्काले बताए । बालविवाह नियन्त्रणका लागि किशोरीहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले किशोरी सचेतना तालिमलाई अभियानकै रूपमा अगाडि बढाएको लालमटियां गाविस सचिव तथा बालमैत्री स्थानीय शासन समितिका अध्यक्ष खड्काले जनाए । यस्तै, नेपाल राष्ट्रिय मावि भालुबाङ, नवप्रतिभा निमावि पाखापानी, उच्च मावि मैरीघाट, नवज्योति निमावि सिरीचौरलगायत विद्यालयमा किशोरी समूह गठन गरिएको छ । तालिममाको प्रशिक्षकमा नवराज न्यौपाने, लालमटिया गाविस सचिव टेकबहादुर खड्का, बाल अधिकारकर्मी प्रमेश्वरी ज्ञवाली र शेषमणि घिमिरे रहेका थिए ।

प्रतिक्रिया