‘नमूना’को सम्मान नौं जनालाई

Satyamohan-joshiकाठमाडौं, २९ जेठ । नमूना साहित्य संगम, नयाँ बजारले संस्कृतिविद्, साहित्यकार, समाजसेवी र शिक्षासेवीलाई सम्मान गरेको छ ।
वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितसहितलाई संगमले आज (बुधबार) राजधानीमा सम्मान गरेको हो । सम्मानित हुने अन्यमा साहित्यकारमा आरडी प्रभास चटौत, लोकगायक हीरण्य भोजपुरे, शिक्षाविद् खेम कोइराला, कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, शिक्षासेवी चुणाप्रसाद ढकाल, समाजसेवी बुद्धिकला श्रेष्ठ छन् ।
लामो सयम देखि कला, साहित्य र संस्कृति क्षेत्रमा निरन्तर क्रियाशील संगमले योगदानको कदर गर्दै सम्मान गरिएको सभापति कौशिला रिसालले जानकारी दिईन् ।
कार्यक्रममा साहित्य संगमले प्रकाशन गरेको ‘परिचय–२’ नामक स्मारिकाको पनि विमोचन भएको छ । जोशी र प्रश्रितले सो स्मारिकाको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

प्रतिक्रिया